English Edition

डा. केशव पौडेलको नेतृत्व आधिकारिक भएको पुष्टि

एन आर एन को नयाँ कार्यसमितिलाई गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समिति NRN ICC ले आधिकारिता प्रदान गरेको छ | नव निर्वाचित अध्यक्ष डा. केशव पौडेललाई आईसीसीका अमेरिका क्षत्रीय संयोजक नवराज गुरुङले औपचारिक रुपमा पत्र पठाएर उक्त आधिकारिताको पुष्टि गर्नु भएको हो | 


गुरुङद्वारा प्रेषित पत्रमा हालै सम्पन्न निर्वाचन र त्यसपछि उत्पन्न बिबादका बारेमा व्यापक छलफल गरि निर्वाचन समितिको सम्पूर्ण कारवाही सन्तोषजनक पाइएको उल्लेख छ | साथै वर्तमान समितिलाइ आफ्नो काम कारबाही अगाडी बढाउन पनि पत्रले निर्देशित गरेको छ | 

यो पत्र पछि एनआरएन अमेरिका र नव निर्बाचित कार्य समितिका बारेमा रहेको अन्यौलता पूर्ण रुपमा हटेको छ |
उक्त पत्रलाई अध्यक्ष डा. केशव पौडेलले स्वागत गर्दै गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समिति NRN ICC ले गरेको निर्णयले  सम्पूर्ण अमेरिकाबासी नेपालीहरुको सम्मान भएको प्रतिक्रिया दिनुभयो | उहाँले बिगतका तितामिठा कुरा भुलेर समुदायको हितका खातिर सबैलाई एक भएर अगाडी बढौ भन्ने प्रतिक्रिया द नेपाल टुडेसंग ब्यक्त गर्नु भयो |




Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment