English Edition

इन्डियाना पोलिसमा टिपियसको कार्यक्रम १८ जुलाईमा

इन्डियाना राज्यको इन्डियाना पोलिसमा नेपालीलाई अमेरिकाले दिएको सहुलियत टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) वारे अन्तकृया हुने  भएको छ । उक्त कार्यक्रममा  न्यूओर्क स्थित कानुन विद वासु फुलराले टीपीएस र त्यसका लागि फारम भर्ने प्रकृयावारे जानकारी दिने उद्देश्यले भव्य कार्यक्रमको आयोजना गरिएको क़ुरा महिला कोर्डिनेटर राधा पौडेलले जानकारि दिएकी छन् । सो कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पदाधिकारिहरूको पनि बाक्लै उपस्थिति हुने सम्भावना रहेको छ ।
स्थानिय इगल क्रिक पार्कमा तीन बजे देखि  हुने उक्त कार्यक्रम नेप्जिल सोसाइटी अफ इन्डियानाले आयोजना गर्न लागेको हो ।  उक्त कार्यक्रममा सरोकार वालालाई प्रत्यक्ष फाइदा हुने हुनाले पनि आप्रवासी संघले सरोकारवाला विध्यार्थी लगायत सम्पूर्ण नेपालीलाई सरोकार पक्षलाई जानकारि दिन र उक्त फ्रि सहयोग कार्यक्रमको फाइदा लिनहुन अनुरोध पनि गरेको छ ।                                                      

लामो समय देखि न्यूओर्कमा कानुनी परामर्श दिदै आएको क्षत्री ल फर्ममा कार्यरत फुलराले टीपीएसवारे विभिन्न माध्यमवाट जानकारी दिदैं आएका छन् ।  कार्यक्रममा हालै आएको नेपालको संविधान मस्यौदामा छलफल र राय संकलन पनि गरिने भएको छ । संविधानमा अमेरिका वस्ने नेपालीको धारणा पनि समावेश होस भन्ने उद्देश्यले राय संकलन गर्ने कार्यक्रम राखिएको एनआरएन एनसिसि युएसए का मिडिया कोर्डिनेटर  सर्बज्ञ वाग्लेले बताउनु भयो । 
    
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment