जापान : वी फर अल जापानमा रहेका सामाजिक संस्थाहरुमध्ये एउटा परिचित नाम हो ।यो संस्थाले आगामी कार्यक्रमका सन्दर्भमा जारी गरेको प्रेस बिज्ञप्ति नेपाल हाम्रो डट कम लाई प्राप्त भएको छ | उक्त प्रेस बिज्ञप्ति जस्ताको तस्तै प्रस्तुत गरेका छौं :
यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कुरा सर्वविदितै छ । संस्थाको वार्षिक कार्यक्रमहरुमध्ये नेपाली नारीहरुको महान् चाड 'हरितालिका तीज' एउटा महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रम हामीले गएको तीन वर्षबाट लगातार आयोजना गर्दै आएको र हरेक वर्षझैँ यो वर्ष पनि सेप्टेम्बर १३ तारिख आईतबारका दिन टोकियोको ईकेबुकुरोमा रहेको तोसीमा कोक्काईदो हलमा भब्यताकासाथ गर्ने भएका छौँ ।
गएको वर्ष तीज महोत्सवमा कारणवश सहभागि हुन नसक्नु भएका चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड साथै गायिकाद्वय देवी घर्ती र भूमिका गिरीको पनि उपस्थिति रहने छ । साथमा जापानमै रहनुभएका चर्चित लोक तथा दोहोरी गायकहरु सूर्य खड्का र बिनोद भण्डारीको पनि बेजोड प्रस्तुति रहने छ ।यस महोत्सवबाट उठेको रकम बाट नेपालका भूकम्पपिडित बालबालिकाहरूकालागि बिध्यालय पुनर्निमाणमा जानेछ भन्ने कुरा पनि जानकारी गराउँदछौ ।
वर्षकै सबैभन्दा ठूलो, सभ्य र भब्य तीज महोत्सवमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरु, पुरुष दाजुभाईहरु साथै जापानका सबै संघ-संस्थाहरु र त्यसमा आबद्ध सम्पूर्णलाई वी फर अल परिवार सादर आमन्त्रण गर्दछ । नेपाली नारीहरुको महान् चाड हरितालिका तीज रमाईलो नाचगान गरी हाँसीखुशी सँगै मनाऔँ ।

मिति- २०१५/०९/१३ (आईतबार)
समय-अपरान्ह ३ बजेबाट ८ बजेसम्म स्थान- ईकेबुकुरो तोसीमा कोक्काईदो हल,
ईकेबुकुरो स्टेशन East Exit बाट हिँडेर ५ मिनेट ।
वी फर अल, जापान
वी फर अल, जापान
0 comments :
Post a Comment