English Edition

भालु पहाडमा समर पिकनिक


प्रवेश उप्रेती
अमेरिकामा पनि भालु पहाड रहेछ भन्ने थाहा पाएपछि नै मलाई त्यहाँ जाने इच्छा लागेको थियो | त्यो पनि मा बस्ने ठाउँबाट नजिकै रहेछ | यो कुरालाई मैले साथीभाईहरुसंग भने |

नेपालमा पनि भालु पहाड नामका केहि पहाडको बारेमा सुनेको हो | हाम्रो पाल्पा कौडे लेक छ | पोखरा जाने बाटोमा स्यांग्जामा पनि भालु पहाड छ | पाल्पाबाट पोखरा आउदा जादा त्यो भालु पहाडको कोखबाट धेरै पटक हिडियो | टुप्पासम्म जाने अवसर पाईएको थिएन | अमेरिकाको भालु पहाडमा जाने अवसर किन गुमाउने ? भनेर सोच्न थाले | साथीभाईहरुसंग कुरा चल्न थाल्यो कि यो समरमा त्यही पहाडमा पिकनिक जाने भनेर |

एक हप्ता अगाडी (bear mountain)  अर्थात् भालु पहाडमा पिकनिक जाने प्रस्ताब गरेपछि सबैजना मेरो घरमा आउनु भयो | त्यही बसाईमा  सबैले आफ्नो आफ्नो  मन पर्ने खाना लियर जम्मा हुने पक्का भयो |

स्ताम्फोर्डका मेरा मित्रहरु सुरेश कोइराला, दीपक ज्ञवाली र मंजु भुसाल बिशेष परिस्थितिक कारण  चाहेर पनि समाबेस हुन्  नपाउदा फोनबाटै भालु पहाडको पिकनिकको शुभकामना दिनु भो | बाकी मेरा सुभचिन्तक साथीहरुको कामको  व्यस्तता मै हुनुहुन्थ्यो |

आईतबारको त्यो दिन बिहान सबै जना ब्यस्त भयौं | हतार हतार भयो सबै जनालाई |

यतिकै बिहान भयो मेरी श्रीमतिलाई पाल्पाली अचार चुकाउनि  र नास्ता बनाउने हतारमा देखिन्थिन | बल्लबल्ल ७  बजे सबै तयार भयो |

नेपाली टाईम भयर होला ७  बजिसक्यो नोर्वाल्कका  मित्रहरुको अतोपत्तो थियन |  नारायण खनाल जीलाई फोन गरि सोधे र छिटो आउन आग्रह गरें, प्रमिला अधिराकीले पिकनिकको लागि बिशेष खाना बनाउदै गरेको बताउनु भो | उता अर्का साथी तेज र सुमित्रा कुमारी पनि निकै उत्साहित हुदै आज भालु पहाडमा ग्रान्ड पिकनिक हुने भो भन्दै हुनुहुन्त्यो | तर यता श्याम प्रकाश र साधनालाई पनि फोन बाट छिटो आउने भनेपछि बल्ल साढे ९ बजे मेरो घरमा जम्मा भैयो |

बल्ल बल्ल ३ ओटा  गाडीमा  हामी १५ जनाको टिम जंगलको बाटो हुदै भालु पहाडको फेदीमा पुग्नु अगाबै  प्रकाश कडेल र नारायण खनाल बाटो मै नाचेर केहि रमाइलो गराए | यतिकैमा उता मिल्फोर्ड बस्ने मेरो साथी घनेन्द्र ढकाल र रोमा ढकाल पनि भालु पहाडको टुप्पामा beverage , drink सहित पहिले नै ठाउं रिजर्ब गरेर हामीलाई टुप्पो मै बोलाउदै थिए |  यता तल पहाडको फेदतीर अमृत अर्याल एकै छिन् हराउनु भो | खोज्दा खोज्दा हैरान | उता प्रकाश कडेल, नारायण खनाल, श्याम गिरि, तेज गिरि अनि म सबैले स्पेनिशको DJ पार्टीम़ा डान्स गर्ने अपुर्ब अवसर पायौं | स्पेनिशहरु पनि मख्ख !

त्यहाँबाट  पन्ध्र मिनेट ड्राईभ गरेपछि  भालु पहाडको टुप्पोम़ा करिब २० जनाको सहभगिताम़ा
हरियो पहाडको अबलोकन अनि चिसो  हावा ! कता कता नेपाल मै कतै भय जस्तै अनुभव सबैले गर्नु भयो | hiking गर्नेहरु पनि हाम्रो सामाजिक एकता देख्दा  रमाइलो मानी हामीसंगै फोटो सेसन गरेका थिए  |

अमृत अर्याल र घनेन्द्र ढकाल जी ले हाम्रो सामाजिक एकताको  सस्कार बारे जानकारी गरैरहदा हाम्रो ति खैरेहरु हाम्रो प्रसंसा गर्दै थिए | यसरी  बेलुका ७ बजेसम्म  नाच्यौं, गायौं र रमायौ | बच्चाहरु पनि निकै खुशी थिए  |

यसरी सामाजिक कार्यक्रमले सबैलाई खुशी मात्रै दिदो रहेछ | धेरै दिन भेट्न नपाएका साथीभाईसंग भेट हुदो रहेछ | अझ राम्रो कुरा नचिनेका साथीभाईसंग चिन्ने र नजिक हुने अवसर प्राप्त हुदों रहेछ | आफ्नो सस्कृति जोगाउदै हामी बीच एकता हुने हुदा यस्तो भेला बेला बेलामा गर्न हामि सबै सहमत भयौं |

अमेरिकी भालु पहाडको यात्रा र समर पिकनिक रमाइलो र सम्झनायोग्य भएकोमा हामी सबै दङ्ग छौं |

(प्रवेश उप्रेती यहि क्षेत्रमा सक्रिय युवा हुन् | सम्पादक |)










Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment