नेपाली संगीतको क्षेत्रमा धेरै चर्चित गीतहरु प्रस्तुत गरिसकेका सांगीतिक जोडी संगीता थापा मगर र सि.पी.मगर अत्यन्तै सुमधुर दोहोरी गीत "आँखैले खोज्यो तिमीलाई" लिएर छिट्टै प्रस्तुत हुने भएका छन्। करीब साढे तिन मिनेटको कोरियन डब्स भर्सन पहिलो पटक युट्युब मार्फत सार्वजनिक गरिएको छ। लामो समय देखि लय/शब्द सृजना गर्दै आएका सि.पी.ले यसपाली लय/शब्द सृजना गर्नुका साथै आफैले स्वर दिएका छन्। कार्यक्रमकै शिलशिलामा अमेरिका पुगेकी संगीताले सो गीत अमेरिका मै रेकर्ड गराएकी थिईन् भने दक्षिण कोरियामा कार्यरत सि.पी.नेपाल गएको मौकामा गीत रेकर्ड गरिएको हो। अब तीजका गीतहरु लगत्तै दशैका गीतहरुले स्थान पाउने हुनाले पूर्ण बास्तविक गीत र भिडियो सुन्न हेर्नका लागि तिहार सम्म कुर्नु पर्ने गायिका संगीता थापा मगरले हाम्रो द नेपाल टुडे लाइ जानकारी दिएकी छिन्।
0 comments :
Post a Comment