श्रीकृष्ण भट्टराई
हरेक बर्षको तीजमा जस्तै यस बर्ष पनि थुप्रै तीजका गीत आउने क्रम सुरु भइसकेको छ |
नेपाली सुगम संगीतकी गायिका साहिमा श्रेष्ठले बिगत बर्षमा जस्तै यो बर्षको तीजका लागी तीज गीत रिकर्ड गराइसकेकी
छन |
यो गीतको रेकर्ड कार्य सकिएको र छिट्टै भिडियो समेत बनाएर आफ्ना श्रोता दर्शक माझ ल्याउने तयारी भैरहेको श्रेष्ठले बताएकी छन |
दर्शक खुसी हुने हुनाले यो बर्षको तीजको कोसली स्वरूप मिनुका शब्द र महेश खड्काको संगीत संयोजनमा 'तीज राम्रो
रमझमै...' ले बोलको गीत बजारमा ल्याउन लागेकी हुन |
उनलाई यस गीतमा साथ दिएका छन गायक एबं मोडेल -संदीप नेउपानेले |
गायिका साहिमा श्रेष्ठका दुइ आधुनिक एबं पप गीतको एल्बम बजारमा आइसकेको छ भने तेस्रो एल्बम श्रृंगार बजार
मा आउने क्रममा रहेको छ |
गतसाल उनको आवाज़मा रहेको चलचित्र हवलदार सुन्तलीको 'तिम्रा डोला डोला हातमा...' बोलको
गीत र 'माइ प्रमिस' चलचित्रको 'होना हो सोल्टिनी' बोलको गीत दर्शक स्रोताले अत्याधिक मन पराएका थिए |
यो बर्षको गीत बाट पनि आफू निकै आशावादी रहेको साहिमा श्रेष्ठले द नेपाल टुडेलाई बताईन |




0 comments :
Post a Comment