English Edition

युवा नेतादेखी अभिनेतासम्म प्रत्यक्ष कार्यकारीको पक्षमा


BRP-Programme-650x340
काठमाडौँ : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राजधानीमा आयोजना गरेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली’ विषयक अन्तक्र्रियामा सहभागीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हुनुपर्नेमा जोड दिएका छन् । समाजका बिभिन्न क्षेत्रका अगुवाहरु सहभागी कार्यक्रममा अधिकांस वक्ताहरु प्रत्यक्ष कार्यकारीको पक्षमा उभिएका हुन् ।
कार्यक्रममा युवा नेता योगेश भट्टराई, पूर्व सचिव रामेश्वर खनाल, नेपाल पत्रकार महासङ्घका सभापति डा. महेन्द्र विष्ट, चिकित्सक डा भोला रिजाल, अभिनेता राजेश हमाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायतले प्रत्यक्ष कार्यकारी प्रमुख नै मुलुकको लागि उत्तम हुने धारणा राखेका हुन् ।
अन्तरक्रियामा भट्टराईले मुलुकको राजनीतिक प्रणालीलाई व्यवस्थित र स्थायी बनाउनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताए ।  उनले नेपालको सापेक्षता र विशिष्ठतालाई सम्बोधन गर्न पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नयाँ संविधानमा हुनुपर्ने बताए । उनले चन्द्रमामा जान बयलगाडा हैन अन्तरिक्ष यान नै रोज्न आग्रह गरे ।
सङ्कीर्ण दलीय राजनीतिले मुलुकको समृद्धिको विवेकपूर्ण बाटो देखाउन सक्ने बौद्धिक समुदायलाई समेत नराम्ररी प्रदूषित गर्ने खतरा रहेको उल्लेख गर्दै उनले भने, ‘संसदीय व्यवस्था अस्थीरता, सांसद् किनबेच, आन्तरिक घातप्रतिघात र भ्रष्टाचारजन्य संस्कृतिको पर्याय जस्तै बनेको छ । त्यसैले नेपालको सन्दर्भमा संसदीय शासन प्रणाली अनुपयुक्त रहेको प्रमाणित भइसकेको छ, अरु प्रणालीको चाहिँ परीक्षण हुन बाँकी छ ।’
पहिलो पटक संविधानसभामार्फत नयाँ संविधान बन्न लागेको सन्दर्भमा नयाँ शासकीय प्रणाली अपनाउनु नै श्रेयष्कर रहेको बताउँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री नै उपयुक्त हुन्छ भन्ने सुझाव जनमत सङ्कलनको क्रममा पनि आएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
प्रमुख चारदलबीच भएको १६ बुँदे सहमतिमा प्रमुख दलहरुले जेसुकै सम्झौता गरेका भएपनि अहिलेको व्यापक जनचाहना र देशको ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नु उपयुक्त र सही हुने डा भट्टराईको भनाइ छ । वरिष्ठ नेता डा भट्टराईले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता र औचित्य देशको विशिष्ठ भू–राजनीतिक अवस्थाको माग पनि हो । देशको सम्पूर्ण जनसङ्ख्याको बहुमतद्वारा निर्वाचित र सबै जातिरक्षेत्रको प्रतिनिधित्व गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारीले नै प्रभावकारी ढङ्गले बाह्य शक्तिकेन्द्रको चलखेल र दबाब थेग्दै राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने सामथ्र्य राख्दछ ।’
कसले के भने ?
एमाले सचिव योगेश भट्टराईले  चार दलबीच भएको पछिल्लो सोह्रबुँदे सहमतिलाई संशोधन गरेर भए पनि जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुखको शासकीय स्वरूपमा जानुपर्ने बताए । उनले भने, ‘हिमाल, पहाड र तराइलाई समेट्न र जाति, जनजातिलाई एउटै मालामा गाँस्न सक्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ । आजका प्रधानमन्त्री संसदप्रतिमात्रै उत्तरदायी भए । किनकि उनीहरू भोलि पनि त्यहीँबाट जितेर जानुपर्छ ।’
प्राडा लोकराज बरालले  अबको संविधानमा प्रधानमन्त्री वा राष्ट्रपति जो भए पनि जनताबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।  लेखक झलक सुबेदीले मानिसहरुलाई विश्वास जगाउनु पनि प्रत्यक्ष निर्वाचित कार्यकारीतर्फ जान जरुरी भएको बताए । उनले भने, ‘यो प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने विषय अहिले बहस गरिरहनुपर्ने कुरा हो जस्तो मलाई लाग्दैन । हाम्रा अनुभवहरुले बताइसकेका छन् कि प्रत्यक्ष निर्वाचित नभइकन सरकार प्रमुखको नीतिगत स्थायित्व नआउने देखिएको हुनाले जरुरी छ । ‘
अभिनेता राजेश हमालले प्रत्यक्ष कार्यकारी ठिक भएको बताए । उनले भने,  ‘जनता लोकतन्त्रको सुचिनिश्चतता चाहन्छन् । नेताहरूले व्यक्तिगत र दलीय स्वार्थलाई प्राथमिकता दिए । देशले उन्नति नगर्नुमा संसदीय प्रणाली गलत भएकाले हो कि भन्ने लाग्छ । नयाँ प्रणालीमा जान सकियो भने केही नयाँ पक्कै हुन्छ । त्यसैले जुवा खेलेरै भए पनि म कार्यकारी प्रमुखको पक्षमा छु ।’
उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारले आर्थिक बिकासको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने बताए । उनले भने, ‘देशको आर्थिक विकास गर्ने हो भने राजनीतिक स्थायित्व र स्थिर सरकार चाहिन्छ । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति चाहिन्छ ।’
नयाँपेजबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment