English Edition

बालकको बली दिनेहरु सार्वजनिक



रामकुमार श्रेष्ठ
नवलपरासी । बालकको बली दिने अभियुक्तहरुलाई नवलपरासी प्रहरीले शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरीले नवलपरासीको कुडिया–४ बस्ने बर्ष ३५ का कोदई हरीजन, बर्ष ५० का गँगा हरीजन , ५० बर्षका कारुदल हरीजन , बर्ष ३२ का सुर्यभान हरीजन र बर्ष १८ का बिजय हरजिनलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आफ्ना १८ बर्षीय छोरा पटक पटक विरामी हुने गरेकोले निको पार्न १० बर्षीय बालकलाई बलि दिएको मुख्य अभियुक्त कोदाई हरिजनले स्वीकार गरेका छन् ।
कोदाई हरिजनले स्थानीय शिव शरण कोहारका १० बर्षीय छोरा जीवन कोहारलाई मार्नका लागि रुदल हरिजन, सूर्यभान हरिजन लगायतलाई ५० हजार रुयैयां दिएर सहयोग लिएको समेत स्वीकार गरेका छन् ।
पक्राउ परेका मध्ये पांच जना विरुद्ध मुद्दा चलाई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
बालक कोहार घटनाको दिन सूर्यभान हरिजनको घर आंगन र बाटोमा खेलिरहेको अवस्थामा कोदाई हरिजनले स्थानीय पसलबाट १० रुपैयांको विस्कुट खान दिई ५० रुपैयां दिन्छु भनि ललाई फकाई घर लगेर घांटी रेटी बलिदिई झाडीमा लगेर फालेको प्रहरीले जनाएको छ ।
कोदईले कुडिया गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जिबन कोहारलाई बली दिएको प्रहरी समक्ष बताएका छन् । बालक जिबन हरीजनलाई बिस्कुट दिएर पछि अरु पैसा दिने लोभ देखाई मर्चहवा लगेर ३ जनाले समातेको र कोदईले घरेलु हतीयार गडसाले घाँटी रेटेर हत्या गरेको प्रहरी समक्ष बताएका छन् । लामा धामी गँगा हरीजनले बालकको बली दिएमा छोरा निको हुने बारम्बार बताएपछि कोदई हरीजनले बालकको बली चडाएको बताए ।
लुम्बिनी टाईम्सबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment