लन्डन–नेपथ्य व्याण्डले लन्डनमा फेरि आफ्नो प्रस्तुति दिने भएको छ । दुई वर्षअघि लन्डनको वेम्ली एरिनामा पहिलो पटक कन्र्सट गरेर ऐतिहास सफलता प्राप्त गरेको नेपथ्य सांगीतिक समूहलाई फेरि लन्डन झिकाउने जाचोपाजो इलाइट्स समूहले गरेको हो।
आगामी ८ अगष्ट साँझ ओटु एकेडेमी ब्रिक्सटनमा हुन लागेको सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको इलाइट्स समूहले जानकारी दिएको छ । आयोजक मध्यका एक पवन गुरुङले कार्यक्रम हुने स्थान ख्यातिप्राप्त नेपथ्यको सांगीतिक कार्यक्रम हेर्न करिब ५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको जानकारी दिए ।
चर्चित व्याण्डलाई ल्याएर अर्को ऐतिहासिक स्थलमा कार्यक्रम गर्न पाएकोमा उत्साहित छौं,' गुरुङले भने, 'कार्यक्रम पूर्ण रुपमा व्यवसायिक हो, टिकट बेचेर आएको रकममध्ये प्रति टिकट २५ पेन्स् नेपालयमार्फत नेपालमै परोपकारी काममा लगाइनेछ ।'
ब्याण्डमा प्रमुख अमृत गुरुङले युवादेखि बृद्धासम्मले सुन्न सक्ने विशेष प्रस्तुति रहने दावी गरे । आयोजक मध्यकै अर्का एलबीजेड गुरुङले कन्र्सट हेर्न युरोपका अन्य देशबाट नेपालीले आउन लागेको जानकारी गराए । उनले भने, 'अहिले यूरोपका विभिन्न देशबाट टिकटको बारेमा सोधखोज भइरहेको छ । टिकट सीमित भएकाले तत्काल आफ्नो सिट सुरक्षित गर्न आग्रह गर्दछु ।'
कन्सर्टको टिकट दर ३० पाउण्ड तोकिएको गुरुङले बताए । कन्सर्टमा भाग लिन अमृत गुरुङको नेतृत्व ९ सदस्यीय सांगीतिक समुह अगष्ट महिनाको पहिलो साता लन्डनमा उत्रने तयारीमा छ ।

इलाइट्स ग्रुपले यसअघि गत डिसेम्बर महिनमा चर्चित गायक दिब्या सुब्बा, रक ब्याण्ड अल्वाट्रोसलाई पहिलो पटक बेलायत झिकाए कार्यक्रम गरेको थियो । यसअघि सन् २०१३ मा नेपथ्य ब्याण्डले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा ८ हजारभन्दा बढी दर्शकले मनोरञ्जन लिएका थिए ।

0 comments :
Post a Comment