English Edition

लुम्बिनी अन्तरार्ष्ट्रिय विमानस्थललाई २ अर्ब

काठमाडौं– लामोसमयदेखि निर्माण गर्ने चर्चा चलेको र टट्कारो आवश्यकताको रुपमा देखिएको दोस्रो अन्तरराष्ट्रिय विमान स्थलको निर्माण सरकारले आगामी आवबाट नै शुरु गरेको बताएको छ।
अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
 त्यसैगरी सरकारले बजेटमार्फमा भैरहवामा निर्माण गरिने भनिएको गौतमबुद्ध क्षेत्रीय विमानस्थल निर्माण अघि बढाउन रु. २ अर्ब बजेट विनियोजन गर्ने उल्लेख गरिएको छ। 
पोखरा क्षेत्रीय विमानस्थलको मुआब्जा यथाशीध्र वितरण गरी यसै वर्ष निर्माणलाई अघि बढाउने बताइएको छ।
त्यस्तै, सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमका लागि थप जहाजहरु ल्याइने पनि बजेट बक्तव्यमा अर्थमन्त्री रामशरण महतले बताए।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment