English Edition

सशस्त्र प्रहरीलाई भुकम्प सम्वन्धी रोबोट हस्तान्तरण

इस्टर्न कलेज अफ इन्जिनियरीगं बिराटनगरले नेपालमै पहिलो पटक भुकम्पले पुरिएका जिबित मानिसहरुको खोजी गर्न सक्ने रोवोट निर्माण गरी सशस्त्र प्रहरी मुख्यालय काठमाडौलाई हस्तानान्तरण गरेको छ ।

पुर्वाञ्चल क्षेत्रमा ज्वलन्त रुपले प्राविधिक तथा इन्जिनियरिंग शिक्षामा अग्रगामी दिशामा अघि बढिरहेको इष्टर्न कलेज अफ इन्जिनियरिंगद्धारा गत मिति २०७२ अशाढ २५ गतेका दिन उल्लेखनिय रुपमा रोवोट हस्तान्तरण कार्यक्रमको आयोजा गरियो । 
उक्त रोबोट इष्टर्न कलेज अफ इन्जिनियरिंगका प्रिन्सिपल डा. सुदन झाको सल्लाह तथा सुझाबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरुमा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भइ सक्नु भएका इन्जिनियर श्री यज्ञ प्रसाद देवकोटा र गणेश मगरहरु द्वारा निर्माण गरिएको हो ।
यस इस्टर्न कलेजका प्रबन्ध निर्देशक श्री अरुण राठीका अनुसार "इस्टर्न कलेज अफ इन्जिनियरीगं बिराटनगरले नेपालमै पहिलो पटक भुकम्पले पुरिएका जिबित मानिसहरुको खोजी गर्न सक्ने रोवोट निर्माण गरी सशस्त्र प्रहरी मुख्यालय काठमाडौलाई हस्तानान्तरण गरेकोमा मलाई र हामी इस्टर्न कलेज परिवार गरुरवान्वीत भै राखेका छौ |"
पुर्वाञ्चल क्षेत्रमा ज्वलन्त रुपले प्राविधिक तथा इन्जिनियरिंग शिक्षामा अग्रगामी दिशामा अघि बढिरहेको इष्टर्न कलेज अफ इन्जिनियरिंगद्धारा गरिएको रोवोट हस्तान्तरण कार्यक्रमले हामि पुर्वमा अवस्थीत र सरकारको त्यति चासो नदेखाएको अवस्थामा पनि हामी नेपालका अरु इन्जिनियरीगं कलेज भन्दा निक्कै दूरगामीसोच राखेको यो कार्यक्रम ले पुस्टि गर्दछ | हाम्रा विद्द्यार्थी को उत्साह र उमंग लाई आत्मसाथ गर्दै भविष्यमा पधिमा मात्र नभई समाज र समुन्नत राष्ट्र क हीत लक्ष्य का साथ् अझ दक्ष्य जनशक्ति उत्पादन गर्न तत्पर थियौ, छौ र रही रहने छौ | "

उहाँको भनाई अनुसार, " भविष्यमा हामि राष्ट्रिय हैन अन्तराष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरुमा पनि छिट्टै नै सहभागिता जनाउदै यस कलेजलाई नेपालको प्रथम श्रेणीमा उभययेरै छाड्ने दृढ निस्चय लिएर हिडेका छौ | यो रोवोट निर्माण तथा यसको हस्तान्तरण शुरुवात मात्रै हो | हामि अबका आउने दिनहरुमा मेकट्रोनिक्स जस्ता विषयहरुमा पनि विद्द्यार्थीलाई दक्ष्य बनाई बाहिरी विज्ञहरुको आवश्यकता नपर्ने गरि उत्पादन गर्ने लक्ष्य राखेका छौ |"

उक्त रोबोट को नामकरण C.S.S.R.(Collapsed Structure Searching) रोबोट अर्थात प्राकृतिक विपदा आईपरेको खण्डमा उल्लेखनिय हद सम्म यो रोबोटले विभिन्न वस्तुहरुलाई खोजि गर्ने र त्यसको स्थान पट्ट लगाउने काम गर्ने छ। CSSR रोबोट विशेष गरी भग्नावशेष भित्रको बारेमा यथा स्थीतिको बारेमा अवगत गराउने र त्यसभित्रका सम्पूर्ण वस्तु स्थीतिको अवलोकन बाहिर कम्प्युटर वा प्रोजेक्टरबाट हेर्न मिल्ने गरि बनाईएको हो । यसको निर्माण नेपाली बजारमै उपलब्ध हुने सर सामानहरु बाट बनाइएको हुनाले यो ज्यादै न्यून खर्च मा बनौन सकिनेछ । 

यसमा करिब १२ भोल्टको ब्याट्री लगाएर बनाईएको छ । त्यसबाहेक यो हाल लाई भग्नावशेष भित्रको १०० मिटर सम्मको दूरी कवर गर्न सक्छ । यसमा ४ वटा सम्म क्यामरा लगाएर चारैतीर अवलोकन गराउन सकिन्छ । यो धबतभच उचयया उपकरण हो तर हाल लाई यसले पानि मुनि ७ देखि १० मीटर सम्म को दूरीको अवलोकन गर्न सक्छ । समन्ताया यसले हाललाई भग्नावशेष भित्रको बारेमा यथा स्थीतिको बारेमा अवगत गराउने लक्ष्य राखी बनाईएको हो ।

सशस्त्र प्रहरी बललाई बिपद ब्यबस्थापनका लागि सहयोग पुग्न सक्ने र खोजबिन गर्न छिटो हुने उद्धेश्यले कलेजले उत्पादन गरेको रोबोट उपलब्ध गराएको कलेजका निर्दैशक अरुण कुमार राठीले बताउनु भयो । कोलाप्स स्ट्र्रक्चर सर्चिगं नाम रहेको उक्त रोबोटले भुकम्प लगायत बिपदको समयमा बिभिन्न बस्तु खोजी गर्ने र स्थान पत्ता लगाउने काम गर्न सक्छ । यो नेपालमा पहिलो पटक निर्माण गरिएको हो । यो रोबोटले दैविक प्राकृतिक विपदहरुबाट ध्वस्त भएका वस्तुहरुको अध्धयन र अनुसन्धान गर्न सहयोग गर्न सक्नेछ यसै गरी हाम्रो बजार वा स्थानीय स्तरमा भएको इलेक्ट्र्रोनिक सामाग्रीहरुबाट नै घरमै बसेर जडान गर्न सकिने यस रोबोटको बिषेशता रहेको कलेजका प्रिन्सिपल डा. सुदन झाले बताउनु भयो । सशस्त्र प्रहरी मुख्यालयमा रोवोटको तत्कालिन जडान गरी प्रर्दशन समेत गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीका अतिरिक्क्त महानिरीक्षक कृष्ण कुमार तामागंले बिपदमा यस रोबोटले सहयोग गर्न र हाम्रो मातहतमा रहेको सबै युनिटलाई समेत देखाएर बिपदमा सहयोग पुग्ने सक्ने भएकोले यसको प्रभावकारीताबारे अझ चर्चामा ल्याउने र प्रयोग गरिने समेत बताउनु भयो । नेपालको पुर्बक्षेत्रमा रहेर पनि नेपालको नै गौरब बढाउने काम गरेकोले कलेजलाई धन्यबाद दिर्दै अगामि दिनमा यस्ता रोबोट उत्पादन गरी भुकुम्प जस्तो दैबि प्रकोपमा हुने क्षतिलाई न्युनिकरण गर्न यसले मदत गर्न सक्ने समेत अतिरीक्त सशस्त्र महानिरीक्षक तामाङले बताउनु भयो । कलेजले अन्य ४ वटा बिभिन्न नाम गरेका रोवोटहरु समेत सार्बजनिक गर्ने तयारीमा रहेको कलेजका म्यानेजर रतन पारखले बताउनु भयो ।
तर यसमा १३ पोर्ट खालि छन् जसमा मानबिय उपस्थितिलाई जनाउने वा जानकारी गर्ने ह्युमन डिटेक्टर, ध्वनि द्वारा कोहि जिवीत छन् भने तीनी सम्म आवाज पुर्याउन सक्ने, त्यस्तै आई परेको खण्डमा पेलोड़ अर्थात समान उठाउन र ओसारपसार पनि गर्न सक्ने बनौन सकिन्छ |
मुख्यतः यो रोबोटको निम्न वमोजीम विशेषता रहेको छ –
१. यो रोबोट दैविक प्राकृतिक विपदाहरु बाट ध्वस्त भएका वस्तुहरुको अध्धयन र अनुसन्धान गर्न सहयोग गर्छ |
२. यसलाई एकदमै सरल ढंगबाट प्रयोग गर्ब्ना सकिने गरि बनाईएको छ | यस कारण यसलाई पछिल्लो समयमा घरमै पनि जडान गरि प्रयोग गर्न लक्ष्य यसका निर्माणकर्ताहरु बताउछन |
३. यसका लागी कुनै विशेष तालिम को आवश्यकताको जरुरत पर्दैन |
४. यसको सबै भन्दा राम्रो पक्ष्य भनेको हाम्रै लोकल वजारमा उपलब्ध हुने एलेकट्रोनिक सामग्रीहरुबाट सजिलै संग आफै बनौन सकिन्छ |
५. भविष्यमा प्राकृतिक विपद्दा र त्यसले पुर्याउन सक्ने असरहरुमा यसले उल्लेखनिय योगदान दिनसक्ने सम्भावना निश्चित छ |
यो समाज तथा शैक्षिक दुवै पक्षलाई मध्यनजर गर्दै यो समारोहको आयोजना गरिएको हो । मुलभुत रुपमा यस कलेज का प्रिन्सिपल डा.सुदन झा र २ जना रोवोटिक्स्का विज्ञहरु द्धारा यस रोवोटको निर्माण तथा प्रर्दशन पनि गरियो । यो समारोहले यो कलेजको उन्नती का साथसाथै समाजका विभिन्न क्षेत्रमा आइपर्ने समस्या (जस्तै भुकम्प) लाई सहयोग गर्ने हेतुले यो रोबोटलाई निमार्ण गरिएको हो । यस समाजका प्रमुख अतिथीका मन्तब्यमा इन्जिनियरिंग पढाई बाहेक सामाजिक समस्यालाई सुधार गर्दै समग्रमा राष्टलाई उच्चस्तरिय प्राविधिक समाधान दिने प्रवल उद्देश्य राखेको प्रिन्सिपल डा.सुदन झाको उदेश्य रहेको छ |
समग्रमा पुर्वाञ्चल क्षेत्रमा यस्ता खाले मौलिक शिक्षा दिने कलेज इष्टर्न कलेज अफ इन्जिनियरिंग को देन सराहनिय रहेको छ । यसका लागि यस कलेजका संचालक हरुलाई धन्यवाद दिनै पर्छ जसले विद्मार्थीलाई मात्र नभई समाजका लागि पनि  मौलिक सेवा दिन सकुन भन्ने धारणा राखेका छन् । डा. झाकै रोहबरमा पछिल्ला केहि समय अगाडी निम्न वमोजीम शैक्षिक विकासका साथै समाजलाई पनि योगदान दीने सकारात्मक सोचका साथ् निम्न वमोजीम ४ वटा रोबोट हस्तान्तरण गरिसकेका थिए |
१. टिभिको रिमोट कन्ट्रोल द्घारा सन्चालित रावाट – हामीले घरमा चलाउने जुनसुकै टिभिलाई रिमोटले सजिलै संग चलाउन सकिने  जस्तै दाया, वाया, तल, माथी गर्नको लागि उक्त रिमोट द्घारा रावोटको नियन्त्रण गरिन्छ ।
२. गाइरोसेन्सर :– अहिले आम मानिसले चलाउने एन्ड्रोइडका मोवाइल द्घारा सजिलै संग चलाउन सकिने रोवोटको निर्माण गरिएको छ ।
३. कम्प्युटरबाटै रोवोटको सन्चालन् —अहिले आम मानिसले चलाउने कम्प्युटर तथा ल्यापटप आदि द्घारा सजिलै संग चलाउन सकिने छ । रोवोटमा ईन्टरनेट जडान गरेको खण्डमा एक ठाउ देखि अर्को ठाउ संम्मको दुरी पनि सजिलै संग रोवोटलाई ईन्टरनेटको माध्यम बाट सजिलै चलाउन सकिन्छ ।

४. स्वालित लाइट कन्ट्रोल सिस्टम — अध्यारो हुदै जादा लाईट आफै बल्ने उज्यालो हुंदा आफै निभ्दै जाने (स्विचको प्रयोग विना) रोवोटको निर्माण गरियो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment