संसारकै ठूलो “मानिएको” धुवाँकोटको महाशिला एकपटक हेर्ने कि !
समुद्र सतहबाट ५४० मिटरदेखि २२२६ मिटरका शिखर बोकेको जोरहातको अञ्जुली आकारको पूर्व-दक्षिण र पश्चिम पाटा फर्किएको पर्वत जिल्लामा अति रमणीय गाउँ छ जसलाई पहिला धुवाँकोट भनिन्थ्यो, अहिले लुँखु देउराली गाविस भनेर चिनिन्छ ।
प्राकृतिले कालिगारी भरेको यो गाउँ दुर्लभ र आकर्षणको भण्डार नै छ । यसैको पूर्वी पाटो लगभग पश्चिम फर्केको घमाइलो र रमाइलो गाउँमा समुद्र सतहबाट करिब १४०० मिटरमा भीमकाय शिला छ । यो १०५० फिट गोलाकार र १२० फिट उचाइ रहेको संसारकै सवैभन्दा ठूलो शिला भएको अनुमान गरिएको छ । यसैलाई महाशिला भनेर चिनिन्छ ।
पृथ्वीको सतहमा ठिङ्ग उभिएको यसलाई चारैतिरबाट परिक्रमा गर्न सकिन्छ । यो आफैमा अदभूत छ ।
ग्रामीण पर्यटन र महाशिला
लुँखु गाविसका ६ वटा वडा समुद्र सतहबाट ५४० मिटरदेखि २२२६ मिटरको उचाइबीचको चिसापानी खाडी–गोर्ल्याङ क्षेत्रमा पर्दछ । चिर्दी र सेती खोलाको शिर यही क्षेत्र हो । सेती खोला जसलाई पैयुँखोला पनि भनिन्छ, यसको मुहान लुँखुको गोपेनी हो ।
खाडी–गोर्ल्याङ क्षेत्रमा कुर्घा, पाङराङ, वाच्छा, विहादी जस्ता फाँट र सेती (पैयुँ) खोला किनारमा वेंसी र कम भिराला पाखाहरु रहेका छन् ।
यो क्षेत्रमा कुर्घा, पाङराङ, वाच्छा, भोक्सिङ, वालाकोट, होश्राङदी, उराम, वहाकी वर्राचौर, रानीपानी, शालिग्राम वेहुलीबास, हुवासका २ वडा सरौखोलाका ५ वडा र भोर्लेका १ वडा पर्दछन् । यो क्षेत्रमा सिंचाइको राम्रो व्यवस्था र खेतीयोग्य उर्वर भूमि रहेको छ ।
यो क्षेत्रमा कुर्घा, पाङराङ, वाच्छा, भोक्सिङ, वालाकोट, होश्राङदी, उराम, वहाकी वर्राचौर, रानीपानी, शालिग्राम वेहुलीबास, हुवासका २ वडा सरौखोलाका ५ वडा र भोर्लेका १ वडा पर्दछन् । यो क्षेत्रमा सिंचाइको राम्रो व्यवस्था र खेतीयोग्य उर्वर भूमि रहेको छ ।
यस क्षेत्रमा ऐतिहासिक महत्वका पैयुँकोट, धुँवाकोट, गोली हान्ने ढुंगा, धुँवाकोटे फलामखानी, देविस्थान तामाखानी, भोकसी∙ तामाखानी, चिर्दी तामाखानी रहनुका साथै लाँखु गाविसको शिरमा चिसापानी काली र पुछारमा शक्तिपीठ गुफा, गंगाधर गुफा रहेका छन् ।
लुँखु गाउँबाट उद्गम भएर बगेको सेती खोला पर्वत, गुल्मी र स्याङ्जा जिल्ला जोडिएको ठाउँमा कालीगण्डकीसँग भेट हुन्छ जुन प्रसिद्ध सेतीवेणी तीर्थस्थल बन्न पुगेको छ । कालीगण्डकी ए जलविद्युत् परियोजनाले यसलाई अति रमणीय पनि बनाएको छ ।
यी प्राकृतिक सम्पत्तिहरुलाई एकीकृत रुपमा प्रचारप्रसार गर्न सके पर्वत जिल्लाको आर्थिक वृद्धिमा अकल्पनीय योगदान पुग्ने छ ।
भारतीय पर्यटक आकर्षित गर्ने उपाय
महाशिला घरेलु धार्मिक तीर्थयात्री मात्र होइन मित्रराष्ट्र भारतका मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरुको लागि पनि थप आकर्षक गन्तव्य स्थल हुनेछ ।
प्राकृतिक रुपमा मनोरम त छँदैछ, भारतीय महायोगी स्वामी नारायणसँग जोडेर पनि यसको प्रवर्द्धन गर्न सकिन्छ । सेतीवेणीको महाशालिग्राम र धुवाँकोटको महाशिलाको दर्शन गरेर सहश्र धारामा स्नान गर्न सकिन्छ । त्यहाँबाट मुक्तिनाथको स्नान दर्शन गरी संसारकै सवैभन्दा गहिरो गल्छी नीलगिरी हिमश्रृंखलाको काखमा रुप्से छाँगानजिक १३ वर्षको उमेरदेखि तपस्या गरी स्वामी नारायणले शिद्धिप्राप्त गरेको थिए भन्ने भनाइ छ ।
दिल्लीको अक्षरधाममा प्रत्येक वर्ष मुक्तिनाथको दर्शनको निम्ति स्वामी नारायणले शिद्धिप्राप्त गर्न हिँडेको बाटो, कालिगण्डकी ए जलविद्युत् परियोजनाको जलाशयको जलविहार, सेतीवेणीको स्नान र महाशालीग्राम, लुँखु देउराली धुवाँकोटको महाशिलाको प्रचार गर्न सकेमा यो बाटोबाट हजारौंको संख्यामा तीर्थयात्रीले यात्रा गर्ने छन् ।
पदयात्रीलाई पैदल मार्ग, घोडा चढ्नेलाई घोडा, मोटरमा चढ्न चाहनेलाई व्यवस्थित मोटरवाटाको प्रवन्ध तथा सुपथ र स्तरीय होटलको व्यवस्था मिलाउन सके स्थानीय जनताको जीवनमा आर्थिक फड्को सम्भव छ ।
महाशिला प्रशिद्ध तीर्थस्थल बन्ने सम्भावना धेरै छ । अहिलेदेखि नै जिल्ला प्रशासनले पनि सरकारलाई जानकारी दिन र स्थानीय जनसाधारणहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा हुने लाभको वोध गराई समग्र ग्रामीण पर्यटकीय अभियानमा अभिमुख गराउनु जरुरी देखिन्छ ।
भविष्यमा शिक्षा, स्वास्थ्य, पर्यटनमा ठूलो फड्को मार्नुका साथै वन, कृषि तथा पशु विज्ञानका क्षेत्रमा अनुसंधान केन्द्रहरु स्थापना हुने कुरामा समेत कुनै शंका छैन ।
महाशिला पुग्ने वैकल्पिक मार्ग
महाशिला जाने तीनवटा मार्गहरु छन् । पहिलो हो पोखराबाट श्याङ्जा–नाउडाँडा–सेतिदोभान–कार्कीनेटा हुँदै लुँखुदेउराली पुग्ने । दोस्रो हो स्याङ्जा जिल्लाको हेलु–अर्जुनचौपारी हुँदै लुंखु देउराली पुग्ने । तेस्रो हो स्याङ्जाकै वालिङ पर्वत हुवास हुँदै लुँखु देउराली पुग्ने ।
त्यस्तै बसबाट पर्वत लिल्लाको सदरमुकाम कुश्मा बजारबाट फलेवास–कुर्घा हुँदै लुँखुदेउराली जान सकिन्छ । कुश्माबाटै कार्कीनेटा हुँदै लुँखुदेउराली पुग्ने वस सेवा पनि संचालनमा छन् ।
नौ बाटो भेट भएको स्थान
लुँखु देउराली गाविसका नौ वटै वडाहरुलाई ग्रामीण मोटर सडकले जोडेको छ । साथै उत्तर र दक्षिणी भेकका प्राय: सवै गाविसहरुबाट कच्ची मोटरबाटो आई नौ वटा सडकहरुको यहाँ अद्भुत संगम बनेको छ । महाशिलाको दर्शन गर्न चारैतिरबाट आउन सुगम हुँदै गएको छ ।
भौगोलिक रुपमा पर्वत जिल्लाको दक्षिण भेकको मध्यविन्दुको रुपमा रहेको लुँखुदेउरालीलाई पर्वत जिल्लाको सदरमुकाम कुश्माबाट फलेवास कुर्घा हुँदै लुँखु देउराली सरौंखोला, हुवास, त्रिवेणी सेतीवणी कालोपत्रे गर्न सके यस भेकले आर्थिक उन्नतिमा फड्को मार्ने छ ।
आधुनिक विकासको पूर्वाधारले पनि लुँखु देउराली केन्द्रविन्दु बन्दै गइरहेको छ ।
आधुनिक विकासको पूर्वाधारले पनि लुँखु देउराली केन्द्रविन्दु बन्दै गइरहेको छ ।
पोखरा आउनेहरु यता पनि घुमिहेर्नुस् त !
यस क्षेत्रमा रहेका चिसापानी देविस्थान, डहरे आदिलाई धौलागिरी, नीलगिरी, माछापुछ्रे समग्र धौलागिरी तथा लुम्विनी अञ्चलको मनोरम दृश्यावलोकन विन्दु र गाइड सेवाको विकास, रक गार्डेन निर्माण गर्न सकिनेछ ।
प्रशिद्ध धुवाँकोटको फलामखानीको पुनर्संचालन, लालीगुराँसको बगैंचामुनि बसेर सूर्योदय र सूर्यास्तको चित्ताकर्षक दृष्यावलोकनको व्यवस्था, घरघरमा पाहुनाको लागि होमस्टेको व्यवस्था गर्न सकिन्छ ।
कालीगण्डकी ए जलविद्युत परियोजनाको ५ किलोमिटर लामो जलासयको स्टिमर–यात्रा, सेतीवेनीको पवित्र महाशालिग्रामको दर्शन गर्दै महाशिलाको दर्शनको लागि पदयात्रा गर्ने ।
रक गार्डेनको आनन्द लिँदै चिसापानी देविस्थानको पैदलयात्रा, दृश्यावलोकन, पौराणिक गोली हान्ने ढुंगाको दर्शन र पाराग्लाइडिङले स्वर्गिय आनन्द प्रदान गर्न सकिनेछ ।
पोखराबाट केवल ७० किलोमिटर पश्चिममा रहेको यस रोमाञ्चक धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पदाले भरीपूर्ण क्षेत्र पोखरा पुग्ने जोकोही पाहुनाहरुको निमित्त अर्को आकर्षक गन्तव्य स्थल बन्ने कुरा निर्विवाद छ जसले सर्वसाधारणको आर्थिक स्थितिमा आमूल परिवर्तन हुनेछ ।
ईसमता डटकम
0 comments :
Post a Comment