झपेन्द्र जी.सी.
सिद्धबाबा पहिरोबारेमा गफ खुवै बिकेको छ । गफ गर्न पैसा नलाग्ने भएपछि गफ गर्न सबै जसो खप्पिस छन्, कुरा ठूलो काम लुलो, हाम्रो संस्कार बनेको छ । अब यो बन्द गरौ ।
बेलहिया (सुनौली) पोखरा सडक अर्थात् सिद्धार्थ राजमार्ग अन्तर्गतको दोभान सिद्धाबाबा क्षेत्र ४ वटा कुराले चर्चामा आइरहन्छ ।
सिद्धबाबा आउनुका ४ कारणहरु निम्न बमोजिम छन्ः– १ करोड १० लाख वर्ष पुरानो मानव जातिका आदिपुर्खा अर्थात् रामापिथेकसको बंगराको अवशेष प्राप्त हुनुले यो क्षेत्र मानव जातिको उत्पत्तिका क्षेत्रको हैसियतले विश्वकै नृवंश शास्त्रीहरुका लागि अध्ययन, अनुसन्धान र विश्लेषणको केन्द्र स्थलको रुपमा प्रसिद्धि पाउनु ।
सिद्धबाबा आउनुका ४ कारणहरु निम्न बमोजिम छन्ः– १ करोड १० लाख वर्ष पुरानो मानव जातिका आदिपुर्खा अर्थात् रामापिथेकसको बंगराको अवशेष प्राप्त हुनुले यो क्षेत्र मानव जातिको उत्पत्तिका क्षेत्रको हैसियतले विश्वकै नृवंश शास्त्रीहरुका लागि अध्ययन, अनुसन्धान र विश्लेषणको केन्द्र स्थलको रुपमा प्रसिद्धि पाउनु ।
– उज्जैनका राजा भर्तृहरिले आफ्नी प्रिय रानीबाट प्रेमका धोखा खानु र त्यही धोखाका कारण बैराग्य छुटेर सन्यास जीवन ग्रहण यही दोभान कुरइरेभीर क्षेत्रमा आई तपस्या गर्नु अनि उनकै तपोस्थल हुनुका कारणले सिद्धबाबा धामको विकास हुनु ।
– आश्चर्य र डरलाग्दो छाँगाछुर कुइरेभीरबाट मोटर सडक निर्माण गरी बेलहिया भैरहवा र पोखरा बाग्लुङसम्मको विस्तार हुनुका साथै अकस्मात् पहिरो खसी सडक यातायात अवरुद्ध हुनु तथा पटक पटक भीरबाट चट्टान खसी जनधनको अकल्पनीय क्षति हुनु ।
चौथो पनि ४ वटा कारण छ । संसारकै सबैभन्दा कान्छो चुरे पहाड क्षेत्र अन्तर्गत पर्नु र यहाँका चट्टान भूगोलका अध्ययनार्थीका लागि अध्ययन अनुसन्धान र अवलोकनको एउटा रोचक स्थल हुनु ।
यी ४ वटा कारणहरु अवशय नै अध्ययन अनुसन्धानको विषय त बनेका छन् । उपर्युक्त ४ वटा कारण मध्ये पहिलो, दोस्रो र चौथोलाई विषय वस्तुको जानकारी लिन र ज्ञान विस्तार गर्ने हिसाबले गर्ने गरिन्छ भने तेस्रो बूँदा चाहिं खतरनाक र जोखिमपूर्ण स्थान विशेषको अध्ययनको विषय बनेको छ । हिउँदमा पनि सिद्धबाबा कुइरेभीर क्षेत्रमा सुख्खा पहिरो खसेर जनधनको क्षति गरिरहेको सुन्न परिरहेको छ । मनसुन सुरु भएपछिको बर्खाको समयमा त झन कुइरेभीरको थाप्लदेखि माटो र चट्टान फुटेर यात्रीहरुको थाप्लै फोर्ने हो कि भन्ने जगजगी रहिरहन्छ ।
हाम्रो राज्य सरकार र जनप्रतिनिधिहरु, नेता अभिनेताहरु र प्रहरी प्रशासकहरु तथा सडक डिभिजन अफिसका हाकिम, महाहाकिमहरुले बर्खा लागेपछि दोभान कुइरेभिर दुर्घटना क्षेत्रमा चट्टान संरक्षणका लागि विभिन्न उपायहरु अवलम्बन गर्नुपर्ने मात्र होइन रोकथामका उपायहरु कार्यान्वयन गर्ने भाषण पनि गरेको पाइन्छ । तर, कार्यान्वयन गर्नतिर ठोस कार्वाही गर्न थालेको पाइँदैन । कुरा नउठेको होइन सिद्धबाबा दोभान क्षेत्रमा वैकल्पिक सुरुङ मार्ग निर्माण गर्ने प्रस्तावलाई अगाडि बढाइएको छ । त्यो प्रस्ताव कतातिर अगाडि बढाइएको हो, जनताले देख्न पाएका छैनन् । देख्न पाउनु नागरिकको अधिकारको कुरा हो । तर अधिकार भएर के गर्नु ? अधिकारको अर्थ त कार्यान्वयन वा सम्पादन भएर नागरिकले उपभोग गर्न पाउँदा यो अनुभूत हुन्छ । यति मात्र होइन, यही कुइरेभीर क्षेत्रको वैकल्पिक सडक रानीबगिया, नुवाकोट, दोभान झुम्सा सडक हो भनेर पनि तात्तातो बहस चलेको सुनिन्छ । त्यो पनि त खोई अगाडि बढेको छैन । कहिले कसले अगाडि बढाउने हो त्यो पनि थाहा छैन । गफै त हो नि संधेनी भने झैं गफ त खुवै चलेको छ ।
गफ खुवै बिकेको छ । गफ गर्न पैसा नलाग्ने भएपछि गफ गर्न सबै जसो खप्पिस छन्, कुरा ठूलो काम लुलो, हाम्रो संस्कार बनेको छ । कतिपय मान्छेले कुइरेभीर सडक खण्ड नै हो, यसैलाई व्यवस्थित गर्नु पर्छ भन्ने अवधारणा पनि राख्दछन् । तर, यो सम्भव छ कि छैन स्वयं यस्ता प्रकारका एजेण्डा प्रस्तोतालाई पनि थाहा छैन । यसपटक आएको महाभूकम्पको झट्का र त्यही झट्काले खसालेको पहिरोले काली गण्डकी थुनेर केही दिन पहिले त्राहीमाम बनायो । अब अनुमान गरौं महाभूकम्पको झट्काले कुइरेभीर क्षेत्र लगायत बेलहिया पोखरा सडकमा कुन खालको असर परेको होला ? अथवा बर्खा सुरु भएपछि पहिरो खस्ने तिनउ नदी थुनियो भने कुन खालको विपत्ति तिनाउ नदीको तटीय क्षेत्रमा उत्पन्न हुने होला ? कल्पना मात्र गर्न सकिन्छ, ठयाक्कै अनुमान गर्न सकिन्न ।
पाल्पा झुम्सादेखि ज्यामिरे दमार जगात सडक सिद्धार्थ मार्गको बासटारीमा पुगेको छ । यता रुपन्देहीको चरङ्गे आसपासबाट सडक निर्माण गरेर झिन्टुङ आसपासमा जोड्ने हो भने प्रतावित अरु सडकहरु भन्दा दिगो, भरपर्दो सुरक्षित सडक निर्माण हुन सक्ने बैकल्पिक आधार छ । चरड्डे झिन्टुङ झुम्सा सडक उत्तरतिर जाने वैकल्पिक राजमार्ग हुन सक्ने देखिन्छ ।
दोभानदेखि गोठाडीसम्मको चुरे पर्वत श्रृङ्खलामा सबै भन्दा होंचो घाटी÷नाका यही झिन्टुङ क्षेत्र हो । दूरीका हिसाबले बुटवल, दोभान झुम्सा सडकभन्दा लम्बाईमा लामो भए पनि बर्खायाममा समेत वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने भएकोले यो प्रस्तावलाई यो लेखकले ठाउँ ठाउँमा उठाउँदै आएको छ । चरङ्गे भनेको कहाँ वहा झिन्टुङ भनेको सिल्टुङ (झिलंगी) हो भन्ने कि के हो भनेर अल्मलमा पर्नु भन्दा कम्तीमा बाह्रै महिना गाडीहरु सुचारु रुपमा चालु हुन सक्ने उपयुक्र वैकल्पिक नाकाको खोजी गर्न जरुरी छ । वैकल्पिक नाका अफिसमा बसेर वा मन्त्रालयमा चुट्की बजाएर थाहा पाउन सकिन्न । यसका लागि स्थलगत अवलोकन गर्नुपर्छ । स्मरण रहोस् यो प्रस्तावित सडकमा नदी नाला नपर्ने हुँदा पुल निर्माण गर्न पनि पर्दैन । बिना पुल सडक निर्माण हुन सक्ने यो वैकल्पिक नाका हो । यस्तो नाका तर्फ राज्यको स्थानीय निकायको र सम्बन्धी सबैको ध्यानाकृष्ट हुन बाञ्छनीय छ ।
समय छउञ्जेल वास्ता नगर्ने, विपत्ती परेपछि मात्र हार गुहार गर्ने, चिल्लाउने कराउने गरेर केही अर्थ हुँदैन । दोभान कुइरेभीर सडक र यो सडकमा भैरहने प्राकृतिक दुर्घटना अनि दुर्घटनाहरुबाट हुने जनधनको क्षति र त्यसको मूल्य बारे सधैं सधैं गफ गर्ने मसला र भाषण गर्ने एजेण्डा मात्र बन्नु हुँदैन । गफ र भाषणको एजेण्डा र पत्रपत्रिकामा लेख्ने शीर्षक एवम् एफ.एम हरुको र टेलिभिजनहरुको कार्यक्रम उत्पादन र प्रसारणको विषय बनिरहनु हुँदैन । सार कुरा के हो भने दोभान कुइरेभीर क्षेत्र प्राकृतिक दुर्घटना क्षेत्र हो, प्रकृतिको व्यवस्थापन गर्नु गराउनु र वैकल्पिक सडक निर्माणका लागि अविलम्ब योजना बनाई कार्यान्वयनमा जुट्नु आजको आवश्यकता हो ।
यो प्रसंग महाभूकम्प र त्यसले सिर्जना गरेका विपत्ति पछि मात्र उठेको होइन, यो प्रसंग पुरानै हो । सिद्धबाबा क्षेत्र पहिलेदेखिकै जोखिमयुक्त क्षेत्र भएकाले वैकल्पिक मार्ग र सिद्धबाबा क्षेत्रको जोखिम न्यूनीकरणका सम्बन्धमा मिडियामा स्थान पाउँदै पनि आएको हो । संसदमा पनि सांसदहरुको बोल्ने एजेण्डा बनेको हो । सिद्धबाबा क्षेत्रको समस्या फेरि पाल्पालीको मात्र समस्याको विषय होइन । यो सडक अवरुद्ध हुँदा अर्घाखाँची, गुल्मी, स्याङजा, कास्की, बाग्लुङ, पर्वत, मुस्ताङ म्याग्दी, डोल्पा लगायत समग्र उत्तरी क्षेत्र र हिमाली क्षेत्रलाई प्रभावित गर्दछ । उपाय खोजे समाधान निस्कन्छ तर अहिलेसम्म गफगाफको एजेण्डा मात्र भएको छ । एजेण्डा उठेपछि त्यसलाई समाधान गर्नतर्फ गम्भीर हुनुपर्ने हो ।
सिद्धबाबा क्षेत्र जोखिम युक्त क्षेत्र हो भनेर सबै दलका नेताहरु सबै प्रमुख राष्ट्रसेवकहरु, सबै वरिष्ठ इन्जिनियरहरु समेतलाई जानकारी छँदै छ । जानकारी भए पनि प्रशस्त आवाजहरु उठे, उठाइए पनि एउटा कानले सुन्ने अर्को कानले उडाउने नराम्रो प्रवृत्तिका कारण सिद्धबाबा कुइरेभीरले खतराको घण्टी बजाएर उभिएको छ । अहिले आएको भूकम्पले पनि यो क्षेत्रलाई झन् जोखिमयुक्त अवशय बनाएको छ । त्यसैले पश्चिमाञ्चलका सबै स्थानीय प्रशासन, स्थानीय निकाय र सडक निर्माणको जिम्मा लिएका सडक डिभिजन कार्यालयहरुले र यस क्षेत्रका जनप्रतिनिधिले पनि संसदमा जनतालाई सुनाउनका लागि मात्र एजेण्डा उठाउनुको साटो साँच्चै नै कार्यान्वयन गर्ने गरी भूमिका निर्वाह गर्न जरुरी छ । सिद्धबाबा क्षेत्र सडकको विकल्प स्वरुप सुरुङ मार्गको एजेण्डामा पनि विगतमा भुरुङ खेल्ने काम पनि भएको हो । तर सुरुङ मार्ग पनि भुरुङ खेल्दैमा सीमित रह्यो । अब विकल्प के हो ? त्यसको खोजी गरी कार्यान्वयनमा जानुप¥यो । लुम्बिनी टाईम्स डट्कम
0 comments :
Post a Comment