English Edition

भारतमा एक जनालाई फाँसी

नयाँ दिल्ली, १४ साउन । मुम्बई हत्याकाण्डका एकजना अभियुक्तलाई बिहीबार भारतमा मृत्युदण्ड दिइएको समाचार छ ।
याकुब मेनन नाम गरेका ती अभियुक्तलाई भारतको पश्चिमी राज्य महाराष्ट्रको नागपुर जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।
उनलाई उक्त जेलमा बिहीबार बिहान करिब ७ बजे झुन्ड्याइएको समाचारमा जनाइएको छ । सो समाचार भारतीय विद्युतीय सञ्चारमाध्यमहरुले बिहीबार दिनभर प्रशारण गरिरहेका छन् ।
उनलाई बिहान ७ बजे नागपुरको एक जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको समाचारको भारतीय सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।
उनी भारतका मुम्बई सहरमा सन् १९९३ मा भएको शृङ्खलाबद्ध हमलाका दोषी थिए । उनको ती बम हमलामा मुख्य हात रहेको बताइएको थियो ।
उनले आफ्नो मृत्युदण्डको सजायको खारेजीका लागि पछिल्लो तथा अन्तिम पटक गरेको अपिललाई भारतीय सर्वाेच्च अदालतले अस्वीकार गरिदिएको थियो ।
सो अदालतले उनको अपिल खारेज गरेको केही समयपछि नै उनलाई मृत्युदण्ड दिइएको
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment