English Edition

कास्कीमा भीषण पहिरो, १० को मृत्यु

,kaski_district_451182867

पोखरा : कास्कीमा बुधबार राती भिषण पहिरो गएको छ । पहिरोले कास्कीका विभिन्न स्थानमा कम्तीमा १० को मृत्यु भएको छ । पहिरोले लुम्लेमा मात्रै ६ जनाको मृत्यु भएको छ ।यसैगरी चापाकोटमा पनि ४ जनाको शव भेटिएको छ । लुम्ले ४ र ६ वडामा राती १ बजे गएको पहिरोले १५ बढी घर पुरिएकाले मानविय क्षति बढ्ने सुरक्षा अधिकारीहरुले बताएका छन ।
कास्कीको भदौरै तामागीमा चारजनाको शव फेला परेको छ भने २५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। बीसजना जति अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। लुम्लेमा तीनजनाको शव भेटिएको छ।
गाबिस सचिव हरी प्र पराजुलीका अनुसार लु्म्लेमा दुई दर्जन जति स्थानीय हराएका छन्। दर्जनभन्दा स्थानीय घाइते भएका छन् । थुप्रै घर पहिरोले बगाएको छ। यहाँ बीस घर बगाएको छ।

नजिकका स्थानीयबाट उद्धारको काम भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइनसकेको प्रहरीले जानकारी दिएको छ।पहिरोका कारण सडक अवरुद्ध भएकोले प्रहरीको उद्धार टोली जान पाएको छैन।हर्पन खोलामा बाढी आएकोले भदौरै तामागी जान हिडेको टोली बीच बाटोमै रोकिएको छ भने याम्दी र सुइखेतमा आएको पहिरोका कारण लुम्ले जान लागेको उद्धार टोली पनि बीच बाटोमा अड्किएको छ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment