पोखरा फेरी अर्का दुई विकास बैंक मर्जर भएर एकिकृत रुपमा कारोबार शुरु गरेका छन् । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र म्याग्दीमा प्रधान कार्यालय रहेको निलगिरी विकास बैंक गाभिएर राष्ट्रिय स्तरको गरिमा विकास बैंक बन्दै एकिकृत कारोवार मंगलवारबाट शुरु गरेका छन् । सोमबार देखि पोखरा मै प्रधान कार्यालय रहेका फेवा फाइनान्स र विश्व विकास बैंक गाभिएर फेवा विकास बैंकका रुपमा कारोवार सुरु गरेका थिए ।
मर्जर पछि बनेको गरिमा विकास बैंकको केन्द्रिय कार्यालय पोखरा नै रहने छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक निलम तिमिल्सिनाले एकिकृत कारोवारको शुभारम्भ गरिन ।
म्याग्दी सहित तीन जिल्ला कार्यक्षेत्रको अनुमती पाएको निलगिरी र १० जिल्ला कार्यक्षेत्र रहेको गरिमाको मर्जर पछि २५ शाखाबाट सेवा दिने बैंकका कार्यकारी अधिकृत गोविन्द्र ढकालले जानकारी दिए । बैंकको चुक्ता पूँजी ७१ करोड १० लाख रुपैया, निक्षेप ६ अर्व २० करोड तथा कर्जा लगानी ५ अर्व ५० करोड रुपैया पुगेको ढकालले जानकारी दिएका छन् ।
बैंकको कुल ग्राहक संख्या एक लाख १० हजार, संस्थापक शेयरधनी ८५ जना र कर्मचारी २ सय जना पुगेका छन् ।
मर्जरपछि बैंकको अध्यक्षमा दिलिप प्रताप खाण रहेका छन् भने ८ जनाको सञ्चालक समितिमा निलगिरीबाट ३ तथा गरिमाबाट ५ जना रहेको ढकालले जानकारी दिएको खबर गन्थन डटकममा सागर राज तिमिल्सिनाले प्रकाशन गरेका छन् ।

0 comments :
Post a Comment