अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका सञ्चारकर्मी विजय पौडेल पुनः अर्को म्युजिक भिडियोमा देखा परेका
छन् । नरेन्द्र प्यासीको स्वरमा सजिएको ‘नजर पापी भन्छन्’ बोलको म्युजिक भिडियोमार्फत उनी सार्वजनिक भएका
हुन् ।
झन्डै १६ बर्ष अगाडि बिजेन रन्जितको निर्देशनमा एउटा म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो कला र अभिनयको यात्रा शुरु गरेका विजयले त्यो यात्रा रोकेका छैनन् | पहिलो म्युजिक भिडियोको सफलतापछि क्रमैसँग लब कार्कीको निर्देशनमा इमेज टि भिको एउटा गीतमा अभिनय गरे भने पुन २ बर्ष अगाडि निर्देशक हिम ग्याप टाशीको निर्देशनमा छेम्बल लामा र सन्जीव श्रेष्ठको "जे गर्दा नि सुख पाइन "नामक राष्ट्रिय गीतमा अभिनय गरेका थिए |
पौडेल भन्छन, " न्यूयोर्कबासी दिदी तथा अन्तरराष्ट्रिय साहित्य समाजकि पूर्व अध्यक्ष गीता खत्रीको रचनामा लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वरले सजिएको " नजर पापी " मा पुन: अभिनय गर्ने कोशीस गरेको छु ।"
यो गीतको शब्द र संगीत अति नै जोडदार रहेको विजयको भनाई छ | न्यूयोर्कमा छायाँकन गरिएको यो म्युजिक भिडियोबाट दर्शकहरुले भरपुर मनोरंजन लिन सक्ने कुरामा आफु ढुक्क रहेको द नेपाल टुडेलाई बताए |
उनले भने, "न्यूयोर्कमा नै बसेर स्टुडियो ७६ सन्चालन गरिरहेका निर्देशक तथा गायक ॐ कर्माचार्यले अभुतपुर्ब मेहनत गरेका
छन् ।"
बिदेशी भूमीमा रहेर पनि नेपाली गीत संगीतको जगेर्नामा जुटिरहेका विजय पौडेललाई यो म्युजिक भिडियोबाट कत्तिको वाहवाही र सफलता मिल्छ त्यो भने हेर्न बाँकी नै छ |

0 comments :
Post a Comment