English Edition

खुइले तालुमा बिज्ञापन

नायिका निशा अधिकारीले केश मुण्डन गरेको समाचार सेलाउन नपाउदै चर्चित लोक गायक बुद्धिसगर बश्यालले पनि केश मुण्डन गरेर फेसबुकमा पोस्ट गरेका छन | कलाकार बश्यालले त एक पाईला आगाडी बढेर आफ्नो नयाँ एल्बमको प्रचार त्यही खुइलॆको तालुमा गरेका छन् |

निशा महिला भएकोले केश मुण्डन गर्दा चर्चामा थिइन्, बश्याल खुइले तालुमा बिज्ञापन गरेर |

सफाचट उनको तालुमा लेखिएको छ -'म त लाहुरे' |
शुरुको पोस्टमा बश्यालले टुप्पी सहितको फोटो राख्दै लेखेका थिए ,"मेरो नयाँ हेयर स्टायल 'बाहुन कट', धेरै राम्रो महशुस गरेको छु..."

त्यसको १५ घण्टापछि  उनले त्यही फोटोमा आफ्नो एल्बमको बिज्ञापन गरेका हुन् |

निशाले केश मुण्डन गर्नुका पछाडी थुप्रै कारणहरु भएको आंकलन गरिएको थियो | तर बुद्धि सागरले भने खाशै केहि कारण नभएको द नेपाल टुडेसंगको कुराकानीमा बताए |

केही वर्षदेखि क्यानडामा बस्दै आएका बश्यालले केहि महिना अगाडी  मात्र नयाँ एल्बम 'म त लाहुरे ' सार्बजनिक गरेका थिए | लाहुरेका केहि गीतहरु देश बिदेशमा छोटो समयमा अधिक चर्चामा छन् |

बुद्धिसागरको यो कामको अरुले पनि सिको नगर्लान भन्न सकिन्न |

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment