English Edition

जनयुद्धका चर्चित यी नेताहरु कता छन् ?

सुदीप विश्वकर्मा
२४ असार, काठमाडौं । माओवादी जनयुद्धताका केही त्यस्ता नामहरु थिए जसको नाम सुन्दा तत्कालीन राज्यको दिमाग खलबलिन्थ्यो । तात्कालिन माओवादी कार्यकर्तामा र समर्थक जनतामा  उत्साहको आँधीबेहेरी नै आउँथ्यो । उनीहरुको भाषण र कासनमा हजारौं कार्यकर्ता मर्न, मार्न तयार हुन्थे । उनीहरुको अनुहारसमेत नहेरेका सयौं युवाहरुले कासनकै भरमा बलिदानी दिए । तत्कालीन राज्यले टाउकाको मूल्य तोकेका भूमिगत ती नेता माओवादी युद्धमा रहस्यमयी पात्रहरु थिए । तर यतिबेला ती नेताहरु कता छन् ? उनीहरुकै कार्यकर्तालाई समेत पत्तो छैन ।  माओवादी जनयुद्धमा निकै नाम चलेका करिब दर्जन नेता यतिबेला गुमनाम जस्तै छन् । आखिर कहाँ छन् ती नेता ?

रामबहादुर थापा ‘बादल’
‘बादल’ उपनामले निकै चर्चित बनेका रामबहादुर थापा तत्कालीन माओवादीका रहस्यमयी नेता थिए । रुसबाट सैन्य विज्ञान अध्ययन गरेर माओवादी आन्दोलनमा होमिएका उनी शान्ति सम्झौतापूर्व पूर्वी कमाण्डका इन्चार्ज थिए । तात्कालिन राज्यले थापालाई सैन्य रणनीतिकारका रुपमा बुझेपनि खासमा उनी एक कुशल संगठक थिए । जनयुद्ध सुरु गर्दा पार्टीको पश्चिम कमाण्ड सम्हालेका थापालाई जनयुद्ध सुरु भएको केही समयमा नै सांस्कृतिक कारवाही भएको थियो । पार्टीकै अर्की नेतृसँग अनैतिक सम्बन्ध बनाएपछि उनीमाथि कारवाही गरिएको माओवादी स्रोत बताउँछ । संविधानसभाको पहिलो निर्वाचनपश्चात् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा रक्षामन्त्री बनेका थिए ‘बादल’ । उनी रक्षामन्त्री हुँदा चर्चित कटुवाल काण्ड मच्चिएको थियो । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल र रक्षामन्त्री बादलबीच अन्तरविरोध नै कटुवाल काण्डको मुख्य कारण थियो । एकीकृत नेकपा माओवादीमा रहँदा पार्टी महासचिव रहेका उनी अहिले बैद्य नेतृत्वको नेकपा– माओवादीमा छन् । हाल उनी नेकपा–माओवादीका महासचिव हुन् । मिडियामा आउन नचाहने उनको स्वभाव रहेपनि संगठकको छाप फुटेको पार्टीमा कायम राख्न त परै जाओस् उनी गुमनाम जस्तै छन् ।

 सिपी गजुरेल ‘गौरव’  तत्कालीन माओवादी जनयुद्धमा अन्तर्राष्ट्रिय विभागको नेतृत्व सम्हालेका सिपी गजुरेल एक समय निकै चर्चित नेता थिए  । अंग्रेजी भाषाका लागि प्रखर उनको परिचयसहित माओवादी जनयुद्धको समर्थन गराउन अन्तर्राष्ट्रिय भाइचारासँग राम्रो सम्बन्ध बनाएका थिए ।  पटकपटक जेल जीवन बिताएका उनी नेकपा–माओवादीमा हाल पार्टी उपाध्यक्ष छन् । एमाओवादीमै रहँदा अध्यक्ष प्रचण्डको तिखो आलोचना गरेर निकै चर्चित बनेका उनी यतिबेला भूमिगत जस्तै छन् ।

 देव गुरुङ  माओवादी जनयुद्धमा निकै चर्चित रहेका देव गुरुङ यतिबेला गुमनाम छन् । माओवादी र तत्कालीन सरकारको वार्ता हुँदा उनको निकै चर्चा हुने गर्दथ्या । पटकपटकको वार्ता टोलीका सदस्यसमेत रहेका उनी स्थानीय विकासमन्त्रीसमेत बने । कानुनका विद्यार्थी गुरुङ, प्रचण्ड नेतृत्वको सरकारमा कानुन तथा न्यायमन्त्रीसमेत बनेका थिए । सोझा र इमान्दार छविका नेता गुरुङ सिद्धान्तमा दृढ नेता हुन् । उनलाई रुढ नेताको आरोप लाउनेहरु पनि कम छैनन् । जनयुद्धकालीन समयमै जेलमा रहेका गुरुङलाई तात्कालिन राज्यले माओवादीले चौकी हमला गरेर लगेका डिएसपी ठूले राईसँग साटेको थियो । माओवादीले ठूले राइलाई रिहा गरेको थियो भने राज्यले नेता गुरुङलाई । हाल एमाओवादीबाट विभाजित बनेको नेकपा–माओवादीका सचिव रहेका गुरुङको चर्चा निकै कम हुने गर्छ ।

लोकेन्द्र विष्ट ‘अभ्यास’ ०३७ सालबाट विद्यार्थी राजनीति हुँदै वामराजनीति थालेका विष्ट सबैभन्दा धेरै समय जेल जीवन बिताएका  नेता हुन् ।  पटकपटक गरी १० वर्षसम्म जेलजीवन बिताएका उनी जनयुद्ध थालनीको पूर्वसन्ध्यामा रुकुमका गणेश शाहको हत्या अभियोगमा जेल परेका थिए । माओवादीले बन्दी बनाएका प्युठानका मुक्तिप्रसाद शर्मा र विष्टको आदानप्रदान भएपछि उनी जेलमुक्त भए । माओवादीका स्थायी समिति सदस्य रहेका उनी जनयुद्धकालमै पुनः भारतको पटनामा अढाई वर्ष जेलमा परेका थिए । जनयुद्धकालमा ‘अभ्यास’ नामले चिनिएका उनी रुकुमको घर जग्गा ९० हजारमा बेचेर पार्टीमा सर्वहाराकरणका थालनीकर्ता हुन् । रामबहादुर थापासँग लामो संगत गरेका उनी राप्ती क्षेत्रमा माओवादीको आधार बनाउन विशेष भूमिका खेलेका नेता हुन् । तत्कालीन जनसेनाको चौथो डिभिजन कमिसार बनेका विष्ट जेल साहित्यमासमेत अगाडी छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारमा नागरिक उड्यन तथा पर्यटनमन्त्री बनेका विष्ट यतिबेला गुमनाम छन् ।  माछा मार्न निकै रुचाउने उनी यतिबेला पार्टी राजनीतिबाट निष्क्रिय जस्तै छन् र पार्टी सम्पर्कमै छैनन् ।

 मातृका यादव कार्यकर्ता माझ निकै लोकप्रीय नेताको छवि बनाएका मातृका यादव जनयुद्धका चर्चित नेता हुन् । उनी खरो र स्पष्ट वक्ता समेत हुन् । मधेसी समुदायबाट माओवादी आन्दोलनमा निकै उलेख्य भूमिक खेलेका उनले एमाओवादी संशोधनवादी भएको आरोप लगाउँदै एक्लै विद्रोह गरेर जनयुद्धकालीन पार्टी नाम नेकपा (माओवादी) को गठन गरे । निकै कडा स्वभावका नेता यादवले बृहत शान्ति प्रक्रियापछि बनेको सरकारको वनमन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारीलाई ट्वाईलेटमै थुनिदिएका थिए । अनियमितता गरेको भन्दै उनले तत्कालीन एलडिओ डण्डुराज घिमिरेलाई शौचालयमा थुनेका थिए । हाल उनी चर्चा भन्दा बाहिर छन् । तर सबै माओवादी आन्दोलनबाट आएका कम्युनिष्टहरु एकाठाउँमा हुनुपर्ने अभियानमा उनी पछिल्लो समय थोरै सक्रिय छन् ।

मणी थापा  माओवादीले जनयुद्धकालमा विकास गरेको सांस्कृतिक सेनाका रणनीतिकारको छवि बनाएका तत्कालीन माओवादी नेता मणी थापा एक सांस्कृतिककर्मी समेत हुन् । जनयुद्धमा गाउने गित र सृजनामा निकै लोकप्रीय उनले जनयुद्धकै बेला पार्टी विभाजन गरेका थिए । रविन्द्र श्रेष्ठसँगै अलग्गीएर थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी खोले । श्रेष्ठ भने एमालेतिर हामफाले पनि थापा एक्लैले पार्टी सम्हालेर बसेका छन् । तत्कालीन जनयुद्धका बेला थापा माओवादीका पोलिट्ब्युरो सदस्य थिए ।

 नन्दकिशोर पुन ‘पासाङ’ जनयुद्ध अवधिभर फौजी नेतृत्वको प्रत्यक्ष कमाण्ड गरेका एमाओवादीका अर्का नेता नन्दकिशोर पुन ‘पासाङ’ तत्कालिन राज्यले सबैभन्दा बढी खोजी गरेका कमाण्डर हुन् । पश्चिममा माओवादीले आक्रमण गरेका करिब सबै लडाईंका मुख्य योजनाकार पासाङ माओवादी आन्दोलनका एक आदर्श र बहादुर अनि इमान्दार नेता हुन् । माओवादी आन्दोलनमा मात्रै होइन, राजनीतिमा नै इमानदारीताको छवि बनाएका उनले आफ्नो दुबै मृगौला फेल भएपछि विदेशमा उपचार नगराउने र नेपालमै उपचार गराउने अडान लिए । जनमुक्ति सेनाको समायोजनमा जनयुद्धकालमा लडाईं लडेजत्तिकै भुमिका निर्वाह गरेका पासाङ स्वच्छ छविका नेता र कमाण्डर हुन् । मिडिया तथा प्रचारमा आउन नरुचाउने उनी दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नं.४ बाट संविधानसभाको चुनावमा उठेका थिए । पार्टी जिम्मेवारी तथा भूमिका इमान्दारितापूर्वक निर्वाह गर्ने पासाङ गुमनाम भएरै पार्टी जिम्मेवारी पुरा गरिहेको माओवादी स्रोत बताउँछ ।

ध्रुव पराजुली ‘सन्तोष’ माओवादी जनयुद्धका निकै पुराना नेता ध्रुव पराजुली ‘सन्तोष’ यतिबेला सक्रिय राजनीतिमा छैनन् ।  स्थायी घर सिन्धुपाल्चोकमा उनी खरायो पालेर बसेको बताइएको छ । पराजुली एक कुशल संगठकसमेत थिए । माओवादीले थालेको जनयुद्धको दौरान उनले सिन्धुपाल्चोकदेखि झापासम्म पूर्वका जिल्लाहरुमा पार्टीसंगठन विस्तार गरेर नयाँ रेकर्ड कायम गरेका थिए ।  परिवार नै राजनीतिमा लगाएका उनी यतिबेला भने र राजनीतिबाट निस्क्रिय छन् । उनी पार्टी कार्यदिशा र कार्यशैलीसँग असहमत छन् । स्रोत: खबर डबली
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment