अमेरिकाको टेक्सास बस्ने नेपालीहरुको संगठन टेक्सर्काना नेपाली समाजले हालै मात्र नेपालमा गएको महाभूकम्पबाट प्रभावित विद्यालयहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गरेको छ |
ओमकुमारी शान्तिकोष म्याग्दीको सहकार्यमा म्याग्दीका ग्रामिण क्षेत्रहरुमा भुकम्पले भत्काएका मुसुनग्दोले निमाबी, जनआवाज प्राबी र बागेश्वरी प्राबीको भवन निर्माणमा आर्थिक सहयोग गर्ने संस्थाले जानेको छ |
जागिर गर्ने क्रममा म्याग्दी पुगेका बैंकर्स सुरज घिमिरेले टेकसकाना नेपाली समाज र ओमकुमारी शान्ति कोषसंग समन्वय गरेर यो सहयोगलाई बिद्यालयहरुमा पुर्याउने ब्यबस्था गरेका हुन् |
टेकसकाना नेपाली समाजका कृष्ण प्रसाद बस्याल, शंकर पौडेल, शुसिल पोख्रेल, छबी अधिकारी, टंक अधिकारी, चुडामणि गौतम, रामु पुन, अनिल वाग्ले ,बिष्णु सुबेदी, उत्तम थापा, सरोज सापकोटा, मनिष भट्टराई, तुलशी घिमिरे, हरि आचार्य, बिजय ढुंगेल, Route६७ र stateline Exxon को संयुक्त पहलमा ५ लाख ६१ हजार रुपैया जम्मा भएको थियो | सोही रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो |
नेपालबाहिर भए पनि देशलाई अप्ठेरो पर्दा केहि गर्न पाएकोमा आफुहरु खुशी भएको कुरा समाजका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनु भयो | समाजका उपाध्यक्ष चुडामणि गौतम "मन्जिल" को संयोजकत्वमा म्याग्दीका भूकम्पबाट प्रभावित भएका विद्यालयहरुलाई सहयोग गर्ने कार्य अगाडी बढेको थियो |
यो सहयोगले बालबालिकाहरुको समुज्वल भबिश्यको लागि ठुलो गुण लगाउने कुरा ओम्कुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)


0 comments :
Post a Comment