English Edition

गीताको ‘मिस्ड कल’ बजारमा


पोखरेली साहित्यमा आख्यान कृतिको खडेरी लागिरहेको बेला कथाकार गीता पोख्रेल लम्सालको कथा संग्रह ‘मिस्ड कल’ शनिबार पोखरामा सार्वजनिक भएको छ । १७ वटा कथाहरु संग्रहित पुस्तकलाई साहित्यकार ईश्वरमणी अधिकारी र दुर्गा बहादुर शाह ‘बाबा’ले एक समारोहका बीच विमोचन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पोखरालाई धेरैले कला र साहित्यका विविध विधाको सहरको रुपमा चिने पनि आख्यानमा भने कमै कलम चलेको बताउँदै यो कृतिले पोखराको आख्यान साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उता विशेष अतिथी ‘बाबा’ले पुस्तकले आम मानिसको विषयवस्तु उठान गरेकोले सबैको मन जित्ने भनाइ राखे । कार्यक्रममा पुस्तकको परिचर्चा गर्दै पोखरा विश्वविद्यालयका उप प्राध्यापक जीवनाथ सुवेदीले संग्रहका कथाहरुमा नारी पात्रहरुको प्रयोग बढि भएको बताए ।
लामो समय पत्रकारितामा बिताएर हाल नेपाल राष्ट्र बैंकमा कार्यरत लम्सालको यस अघि नै ‘आत्मघाती शंका’ उपन्यास प्रकाशित भइसकेको छ । यस कथा संग्रहमा मुलतः नेपाली जनजीवनका विभिन्न पक्षहरुलाई विविध स्वादमा पस्कन खोजेको कथाकारले बताइन् । कथाकारले अर्काे उपन्यासको तयारी गरिरहेको समेत जानकारी कार्यक्रममा गराइन् ।

नौलो खबर डट कमको आयोजनामा सम्पन्न कार्यक्रमको व्यवस्थापन गुरुचेला, द करियर प्वाइन्टले गरेको थियो । कार्यक्रम वेभ पेज नेपालका प्रमुख कार्यकारी अधिकृत पृतमबहादुर सेनको अध्यक्षता, युवा साहित्यकार तथा पत्रकार सुवास मल्लको सञ्चालन तथा अर्का पत्रकार असफल गौतमको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment