English Edition

हिन्दु राज्यको पक्षमा वामदेव गौतम

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले ८० प्रतिशतभन्दा बढी हिन्दू रहेको नेपालको राष्ट्रिय धर्म हिन्दू भएको बताउनुभएको छ । बोल बम काँवरिया सङ्घले आइतबार राति सुन्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयमा आयोजना गरेको बोल बम काँवर यात्रा विशेष कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले सो कुरा बताउनुभएको हो ।

“यो देशबाट हिन्दू धर्मलाई कसैले समाप्त गर्न सक्दैन, ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको नेपालबाट कसले हिन्दू धर्म समाप्त गर्न सक्छ रु, धर्मका नाममा मानिस उचाल्ने र पछार्ने काम गरिनुहुन्न, धार्मिक सुधार भने आवश्यक छ”–उहाँले भन्नुभयो ।

उहाँले सबैको अधिकार समेटिएको संविधान आउने भएकाले जनता फुटाउने काममा नलाग्न आग्रह गर्नुभयो । गोकर्णेश्वर नगरपालिका–४ स्थित रामजानकी निम्न मावि नजिकैको ४२ रोपनी सार्वजनिक जग्गा बोल बम धाम निर्माणका लागि भोगाधिकारसहित दिन सरकार तयार रहेको प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । धाम निर्माणका लागि रु ५० लाख आफूले चन्दा मागेर सहयोग जुटाइदिने प्रतिबद्धतासमेत गृहमन्त्रीले गर्नु भयो ।
कार्यक्रममा पूर्वमन्त्री अनिलकुमार झाले ठूला दल मधेसका जनतालाई संवैधानिकरुपमा अधिकार दिन तयार नभएको बताउनुभयो ।
सभासद् डा अमरेशकुमार सिंहले संविधानमा मधेसवासीको अधिकार समेट्न क्रियाशील भएर लागेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष डा उपेन्द्र महतो ,हिन्दू राष्ट्र बचाउ अभियानका सहसंयोजक प्रेमनिधि भारद्वाज, सङ्घका संस्थापक अध्यक्ष छोटेलाल साह, अध्यक्ष रामाज्ञा रौनियार र सल्लाहकार गौतम खनाललगायतका वक्ताले बर्सेनि सुन्दरीजलमा साउन महिनामा लाखौँ बोल बम यात्री आउने भएकाले बोल बम धाम निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन हुनेमा जोड दिनुभएको थियो ।

आइतबार राति नै सुन्दरीजल आइपुगेका भक्तजन राति १२ बजेपछि स्नान गरी बाग्मती नदीको सुन्दरीमाई मन्दिरमुनिबाट खाली गोडा शुद्ध जल ल्याई आज पशुपतिनाथ मन्दिरमा चढाइरहेका छन् ।

रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment