English Edition

पोखरामा अप्रत्यासित भाडा वृद्धिको व्यवसायीहरुद्वारा विरोध..

पोखरामा अप्रत्यासित भाडा वृद्धिको व्यवसायीहरुद्वारा विरोध आफैं व्यवसाय गर्न उपमहानगरलाई चुनौति ,विभिन्न सरकारी निकायहरुले आफ्नो मातहतका व्यापारिक केन्द्रहरुमा अत्याधिक घरभाडा वृद्धि गरेपछि व्यवसायीहरुले त्यसको कडा विरोध गरेका छन् ।

पाँच सय प्रतिशत भन्दा पनि बढिसम्म घरभाडा वृद्धि भएको भन्दै पोखराका व्यवसायीहरुले त्यसलाई ‘अप्रत्यासित’ को संज्ञा समेत दिएका छन् ।

पोखरामा शनिबार पोखरा ईलेक्ट्रोनिक्स व्यवसायी संघको १५ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा व्यवसायीहरुले पोखरा उपमहानगरपालिका, पोखरा नगर विकास समिति, साल्ट ट्रेडिङ्ग कर्पाेरेसन, खाद्य संस्थान लगायतमा भएको घरभाडा वृद्धिको विरोध गरेका हुन् ।

कार्यक्रममा अत्याधिक घरभाडा वृद्धिको आन्दोलनलाई समर्थन गर्ने आश्वासन दिँदै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले सरकारी निकायको यस्तो कदमले अस्वस्थ प्रतिस्पर्धा बढ्ने र बजारमा महंगी बढ्ने चेतावनी दिए ।
“सरकारी निकायहरुले नै यसो गरेपछि नीजि क्षेत्रले त्यसको देखासिकी गरिहाल्छन्”, थापाले अगाडी भने, “त्यसले गर्दा महंगी बढी जनतालाई थप मर्का पर्न सक्छ ।”
फरक प्रसंगमा थापाले पोखरा उद्योग वाणिज्य संघले विधान संशोधन गरी आफ्नो विधानलाई व्यवसायी मैत्री र एक्काइसौं शताब्दी सुहाँउदो प्रजातान्त्रिक विधान बनाउन लागेको पनि जानकारी दिए ।
उता सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका अध्यक्ष यामनाथ पौडेलले तत्काल यो निर्णय सच्याउन वा सोही घरभाडामा आफैंले व्यवसाय सञ्चालन गरेर व्यवसायीहरुसँग प्रतिस्पर्धा गर्न पोखरा उपमहानगरपालिका कार्यालयलाई चुनौती दिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष नाराण पौडेलले पनि व्यवसायीहरुले पछिल्लो पटक विविध समस्या झेल्दै आएकोमा घरभाडाको वृद्धिले इलेक्ट्रोनिक्स व्यवसायीहरु विस्थापित हुने खतरा औँल्याए ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रीप्रसाद घलेको अध्यक्षता, उपाध्यक्ष उदय केसीको स्वागत र सचिव नारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment