नेपथ्यका अमृत गुरुङले विभिन्न बहानामा विभाजित नेपालीलाई एक हुन अनुरोध गरेका छन् |न्युयोर्कको म्यानहटनस्थिन ह्यामस्र्टेन बलरूममा नेपथ्य सुन्न भेला भएका दर्शकहरुको खचाखच भीड देखेपछि अमृतले एकताको लागी आव्हान गरेका हुन् |पैतिस सय दर्शक क्षमताको उक्त बल रुम पुरै भरिएको थियो |
‘म जहाँ जहाँ गएँ त्यता त्यता नेपालीहरु विभाजित हुदै गएको देख्नु परिरहेको छ,’ अमृतले दु:खी हुदै भने, ‘त्यसैले यसपाला अमेरिकाको प्रदर्शनलाई ‘म्यूजिक फर युनिटी’ (एकताको निम्ति संगीत) नाम दिएका छौं।’कार्यक्रमका मार्फत अमृतको आव्हान थियो, " विश्वभर रहेका नेपालीले एक भएर आफू र आफ्नो मुलुकको प्रतिष्ठा बढाइदिनु
होला | एकता आजको आवश्यकता हो |"
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment