English Edition

संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी भारत बिरुद्ध नाराबाजी

नेपालमा भारतीय हस्तक्षेपको बिरोध गरौँ भन्दै न्युयोर्कमा अहिले बिशाल र्याली निकालिएको न्युयोर्कबाट अनन्त सुवेदीले जानकारी दिनुभएको छ |
उक्त र्यालीमा सहभागीहरुले नेपालीको सार्बभौमिकता र अन्तराष्ट्रिय कानुनको सम्मान गर भन्ने प्ले कार्ड लिएर उपस्थित भएका छन् |

र्यालीले  संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी पुगेर नारा लगाईरहेका छन् |बन्द नाक खुल्ला गर ! बन्द देश खुल्ला गर ! जस्ता नारा पनि सुन्न सकिन्छ | नेपालीका अतिरिक्त बिदेशीहरुले पनि र्यालीमा सहभागिता र समर्थन जनाएको बुझिएको छ |

आज संसारभर यसै गरी र्याली निकालीएका खबर आएका छन् |न्युयोर्कको यो र्यालीको आयोजना एनआरएन अमेरिका र नेप्लिज युथ डेमोक्रेटिक काउन्सिलले गरेको हो |

Photo Credit : कार्यक्रमस्थलबाट प्रमोद सिटौलाले द नेपाल टूडे डट कम लाई  पठाउनु भएको तस्बिर
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment