सत्तामा आएको एक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक नेपाल भ्रमण गरि पहिलो सरकारले १० बर्षमा नगरेको काम आफूले एकै बर्षमा गरेको दाबी गरेका थिए । नेपालमा स्थिरता, शान्ति र विकासकोलागि नेपालकै आग्रह अनुसार सहयोग गर्न चाहेको उनको भनाई थियो । मोदीको भनाईमा भारतीय कर्मचारीतन्त्रले नेपालसंगको सम्वन्धलाई धुमिल बनाएको बुझ्न कुनै अप्ठ्यारो थिएन । तर अहिले नेपालमाथि नाकावन्दी लगाउँन समेत पछि नपरेका मोदी सरकार किन यतिखेर मौनता साधिरहेका छन् त ? यो यतिखेरको सबैभन्दा जटिल तर सबैले जवाफ खोजिरहेको प्रश्न हो ।
भारतको शक्तिशाली अतिवादी हिन्दु संगठन राष्ट्रिय स्वयंसेवक संघवाट राजनीतिक यात्रा शुरु गरेका मोदी त्यसैको राजनीतिक संगठन भारतीय जनता पार्टी विजेपी हुँदै पार्टीको केन्द्रीय महासचिवसम्म भए । गुजरातमा उनको नेतृत्वको सरकारले गरेको आर्थिक विकासका कारण चतुर मोदीले केन्द्रीय राजनीतिमा स्थान सुरक्षित गरे धेरै अग्ला राजनीतिककर्मीहरुलाई पछि पार्दै ।भारतीय इतिहासको राम्रो अध्यन गरेका ,चतुर बाकवटुता भएका र विरोधीलाई ध्वस्तै पार्नेगरि अभियान गर्न सक्ने खुवी बनाइएका मोदीले आफु सत्तामा आएपछि पहिलेको कांग्रेस आई नेतृत्वको सरकारले गरेका गल्तीहरु सच्चाई छिमेकी मुलुकहरुसंगको सम्वन्धलाई बलियो बनाउने वताएका थिए । तर पछिल्लो एक बर्षमा मोदीले कुनैपनि छिमेकी मुलुकहरुको मन भने जित्न सकेनन् । भारतको विपक्षी कांग्रेस पार्टीका प्रभावशाली नेता मणिशंकर ऐयरको भनाईमा मोदीले पाकिस्तानलाई मात्र होइन अन्य छिमेकीहरुलाई समेत चिढयाईसके । नेपाल–भारत मामिलाका जानकारहरुका भनाईमा नेपालको नया संविधानमा आफु अनुकुल मुद्दाहरु समावेश गर्ने कुरा वाहिर आएपनि मोदीको धेरै चासो भएको अर्को विषय भनेको नेपाललाई हिन्दु राष्ट्रकोरुपमा सवैंधानिक व्यवस्था गर्नु थियो । त्यसकोलागि मोदी पार्टीलाई निर्देशित गर्ने राष्ट्रिय स्वयंसेवक संघका पदाधिकारीले मोदीका मुद्दाहरुमार्फत नेपालमा प्रमुख नेताहरुलाई सन्देश पठाएका थिए । तर नया संविधानमा त्यो विषय परेन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment