English Edition

विद्यार्थीले घेरे भारतीय दूतावास




काठमाडौँ : भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा विद्यार्थी संगठनले भारतीय राजदूतावा घेराउ गरेका छन् । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनले सोमबार लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेका हुन् ।

हातमा ‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका विद्यार्थीले एक घण्टासम्म भारतीय दूतावास घेराउ गरेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

विद्यार्थी संगठनका अध्यक्षको नेतृत्वमा जुलुससहित दूतावास पुगेका विद्यार्थीलाई दूतावास अगाडि प्रहरीले रोक्न खोजेको
थियो । प्रहरीले रोक्न खोजेपछि केही बेर विद्यार्थी र प्रहरी बीच घम्साघम्सी भएको थियो । प्रहरीसँगको घम्साकम्सीपछि दूतावास अगाडि पुगेका विद्यार्थीले दूतावास घेराउ गरेर भारतको अघोषित नाकाबन्दीको चर्को विरोध जनाए ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment