भारतले नाकाबन्दी गरेपनि केहि फरक नपर्ने टिप्पणी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् |
नेकपा एमालेले मंगलबार आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रचण्डले यस्तो कुरा बताएका हुन् | उनले यसबारे तीन दलको बैठक बसेर कुरा गर्ने बताएका छन्।
‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर किन आत्तिनु ? नेपालीबीचको दह्रो एकता प्रदर्शन गरेर यसको सामना गर्नुपर्छ" प्रचन्डले भने |
नेपालको सार्वभौमिकतामाथि चुनौती दिने कुनै पनि अन्तर्राष्ट्रिय गतिविधि नेपालीलाई स्वीकार्य र मान्य नहुने दाहालले बताए।
भारतसित सुगौली सन्धिदेखि यता नेपालको शिर निहुरिएको उल्लेख गर्दै उनले भने, ‘हामी लडाइँ, झगडा गर्दैनौं । यदि नाकाबन्दी गरेमा हामी गाडी छाडेर साइकलमा चढ्ने छौं।’
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment