English Edition

सिवाकोटीद्वारा एनआरएन आईसीसीको कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

आगामी असोज २७ देखि ३० (अक्टोबर १४ देखि १७) सम्म काठमान्डौमा हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदको ग्लोबल कन्फेरेन्स नजिकिने क्रमसँगै विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दो छ । 

यसै शिलशिलामा एनआरएन अमेरिकाको कोषाध्यक्षको जिम्मेवारी बहन गरिसक्नु भएका एवम क्यालिफोर्नियामा एनआरएन अमेरिकाको विस्तारको लागि सबैभन्दा ठुलो भूमिका खेल्नुभएका एनआरएन आईसीसीका वर्तमान कार्यसमिति सदस्य राजेन्द्र सिवाकोटीले कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।  विगत ८ बर्षदेखि  एनआरएन अभियानमा सक्रिय पेशाले चार्टर एकाउण्टेन समेत रहेका शिवाकोटीले आफु कोषाध्यक्ष पदका लागि योग्य रहेको दावी गरेका छन् ।

नेपालमा रहँदा बैंकिङ्ग क्षेत्रमा लामो समय काम गर्नुभएका सिवाकोटीले अमेरिकामा फाइनान्समा एमविए र एकाउण्टिङमा मास्टर्स गर्नुभएको छ । विगत १५ वर्षदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएका सिवाकोटी लस एन्जलस, क्यालिफोर्नियामा लामो समयदेखि लेखा परीक्षण तथा विभिन्न व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ । महाभुकम्पको प्रलयले प्रताडित नेपालको लागि यस क्षेत्रमा नागरिकस्तरबाट गठीत सहयोग समितिका सदस्य-सचिव समेत रहनुभएका सिवाकोटी साउदर्न क्यालिफोर्नियामा श्रीपशुपतिनाथ फाउन्डेशनका संस्थापक सचिव लगायत बिभिन्न संघ संस्थामा संलग्न हुनुहुन्छ ।

‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएन अभियानमा अझ सशक्तढंगले प्रयोग गर्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ’ आफ्नो उम्मेदवारीबारे सिवाकोटी प्रष्ट्याउनुहुन्छ । ‘सङ्घको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउने ज्ञान, सीप र योग्यता सहित अगाडि सरेको छु ।’ उनले मा कोष चलाउन सदस्यहरूको सदस्यता शुल्कबाट मात्र भन्दा पनि दीर्घकालीन स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

एनआरएनको आगामी नेतृत्वका लागि विश्वभरबाट दक्ष र अनुभवीहरुको आकाङ्क्षा बढ्नुलाई संस्थाको दीर्घकालीन हितको लागि उचित रहेको बताईन्छ । सिवाकोटीको दक्षता र अनुभवले एनआरएनको संस्थागत विकाशको लागि थप टेवा मिल्ने यस क्षेत्रका अगुवाहरुको भनाई छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment