English Edition

एनआरएन उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक (DRC) - उम्मेद्वार एसी शेर्पा

सामाजिक कार्यबाट एकाएक चचिर्त बन्न पुगेका एसी शेर्पाले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नर्थ अमेरिकाको क्षेत्रीय उप संयोजक पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
अमेरिकामा बसोवास गरेर धेरै नेपालीको मन जित्न सफल बन्दै आएका शेर्पाले प्रवासीको समस्या समाधानमा सक्रिय रहने प्रण गर्दै एनआरएनएको संस्थागत विकास गर्ने बताएका छन् । आफ्नो कार्यलाई निरन्तरता दिदै आगामी दिनमा अझ स–शक्त भएर नेपाल र नेपाली जनताका लागि सहयोग गर्ने प्रण गरेका शेपाले नेपालको महाभूकम्प पछि सहयोग कार्यमा निरन्तर खटेका थिए ।
उनले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्याहरुको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा वैदेशिक लगानी भित्र्याउन तथा एनआरएनएलाई संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शेर्पाले देशमा लगानी-मैत्री वातावरण भएमा गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्ने र त्यसको प्रतिफल सबैले पाउन सक्ने वातावरण सृजना गर्न कटिबद्ध रहने बताएका बताएका छन ।
एनआरएन सीमित क्षेत्रमा मात्र नभई नेपालका पिछडिएका क्षेत्रमा रहेका नेपालीहरुको हितमा समेत लाग्ने बताए । शेर्पाले नेपालका कयौं दुर्गम क्षेत्रका जनताहरु अझैपनि स्वास्थ्य शिक्षा र रोजगारी जस्ता अत्यावश्यक विषयहरुबाट बन्चित रहेकाले त्यस क्षेत्रको अवलोकन गरी एनआरएनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
७० राष्ट्रको पर्यटन क्षेत्रको प्रशिक्षक समेत रहेका शेर्पाले गैर आवासीय नेपाली संघले नै नेपालमै रोजगारीको सृजना उपलब्ध गराउदै जाने उल्लेख गरे । शेर्पाले सोलुखुम्बु र आसपास जिल्लाका जनतालाई लक्षित गरी सोलुखुम्बुको ३३ गाविसमा दुई वटा ठूला मेडिकल डेन्टल भिजनको निर्माण गर्न लागेका छन् । उक्त डेन्टल सर्भिस निमार्णका लागि सेभेन समिट फाउन्डेसनले दुई करोड ५० लाखको योगदान गरेको उनले बताए ।
गैर आवासीय नेपालीहरुले पर्यटन क्षेत्रकै लागि नेपालमा हरेक बर्ष अर्वौं रुपैयाँ खर्चे पनि सरकारले नेपालको पर्यटन विकासको क्षेत्रमा प्रयाप्त ध्यान दिन नसकेकाले त्यस तर्फ आवश्यक कदम चलाउन उनले प्रयास गर्ने बताएका छन् । नेपालमा पर्यटनको माध्यमबाट धेरैभन्दा धेरै जनशक्तिलाई रोजगार सृजना गर्न सकिन्छ शेर्पाले भनें ।
नेपाल व्यवसायका लागि उत्तम गन्तव्य बन्न सक्छ, यसका लागि हाम्रो सकारात्मक प्रयासको खाँचो रहेको छ । ’
शेर्पा कीर्तिमानी सगरमाथा आरोही पनि हुन । उनले नेपालको पर्वतीय पर्यटनलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएका छन् । 

शेर्पाले उत्तर अमेरिकाका सम्पूर्ण डेलिगेट्सहरुलाई आफ्नो टिकेट लिएर नेपालमा  एनआरएन बिश्व सम्मेलनमा भाग लिनुका साथै आफूलाई मत दिएर काम गर्ने मौका प्रदान गर्न समेत अनुरोध गरेका छन ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment