गिनिज बुकमा संसारकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको निधन भएको छ।एक कार्यक्रमको शिलशिलामा अमेरिकामा आएका डाँगी अस्वस्थ भएका थिए | उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचार कै क्रममा डाँगीको निधन भएको हो |
अमेरिकाको ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका लागि भर्ना भएका डाँगीको शुक्रबार निधन भएको बुझिएको छ |डाँगीलाई २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । उनको जन्म १९९६ साल मंसिर १५ गते दाङ जिल्लामा भएको थियो |यसैबीच नेपाली कांग्रेसका उप-सभापती रामचन्द्र पौडेलले उक्त खबरबाट आफु दुखित भएको भन्दै आफ्नो फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ | पौडेलले लेख्नु भएको छ:
विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाउनुभएका दाङका चन्द्रबहादुर डाँगीको अमेरीकामा उपचारका क्रममा आज निधन भएको खवरले मलाई दुःख लागेको छ । यस दुःखद घडीमा म स्वर्गीय डाँगीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवार एवम आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment