बिहिबार बिहान राजधानी बेइजिङिकाे तियानमेन स्क्वायर्समा गरिएको कार्यक्रममा १२ हजार भन्दा धेरै सैनिक, २ सय फाइटर विमान, ट्याङ्क, मिसाइल आदी प्रदर्शन गरिएको थियो। पहिलो पटक चीनले सावर्जनिक रुपमा आफुसँग भएको ८० प्रतिशत हतियार प्रदर्शन गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छ। सेना प्रमुख पनि रहेका सि जिनपिङ परेडको अवसरमा आफै मैदान उत्रेका थिए।
प्रदर्शनको क्रममा चीनका टेलिभिजनलाई मनोरञ्जनात्मक सामाग्री प्रसारण गर्न रोक लगाइएको थियो। सडकमा कार गुडेका थिएनन, कलकारखाना बन्द थियो । आकाश सदाको भन्दा निलो देखिन्थ्यो।
जापानलाई हराउने आफ्नो चिनियाँ सेनाको प्रसंशा गरे। उनले अप्रत्यासित रुपमा चीनको ‘पीपुल्स लिबरेशन आर्मी’को सङ्ख्या कम गर्ने बताए। चीनको सेनाको सङ्ख्या २.३ मिलियन छ, यो संसारकै सबैभन्दा ठुलो सेना हो। चीन विश्वकै दोस्रो ठुलो सुरक्षा बजेट भएको देश पनि हो। चीनको बढ्दो सैन्य शक्ति विश्वको लागि सदैव ठुलो चासोको विषय बन्दै आएको छ।
यो कार्यक्रममा ३० भन्दा बढी अन्य देशका सरकारी अधिकारिहरु सहित रसियाका राष्ट्रपति भ्ल्यादमिर पुटिन र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको पनि सहभागिता थियो। तर, पश्चिमा देशले भने परेड बहिष्कार गरेका थिए। परेडमा चिनियाँ राष्ट्रपतिले दिएको सन्देशको जापानले आपत्ति जनाएको छ। जसमा राष्ट्रपति शि जिनपिंगले दोस्रो विश्वयुद्धमा जापानी सेनाले बर्बता अपनाएको बताएका थिए। जिनपिंगले परेडमा सहगभागी हुन जापानी प्रधानमन्त्री शिंजो आबेलाई नियन्त्रणा गरेका थिए तर आबे सो अवसरमा उपस्थित भएनन्।
सी जिनपिङले सेनाको सङ्ख्या कम गर्दै शान्तिपुर्ण विकासको लागि चीन प्रतिबद्ध हुने बताएका थिए। ‘जतिसुकै बलियो किन नहोस, चीनले अन्यमाथी प्रभुत्व जमाउने छैन न त आफु विस्तार हुनेछ। चीनले विगतमा भोगेको झै दुःख अन्य देशलाई थोपर्ने छैन।’ उनेल भने।
0 comments :
Post a Comment