English Edition

बारा–पर्सा तनावग्रस्त, पाँच जनाको मृत्यु

रौटहत– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अान्दोलनका क्रममा मंगलबार बारा र पर्सामा गरी पाँच जनाको मृत्यु भएको छ। वीरगञ्जमा कर्फ्यु तोड्ने क्रममा प्रहरीको गोली लागि ४ जनाको मृत्यु भएको छ भने एक जनाको बारामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले कर्फ्यु तोड्ने क्रममा वीरगञ्जमा चार जना आन्दोलनकारीको मृत्यु भएको छ।

पर्सामा मंगलबार विहानैदेखि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खाजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रदर्शनकारी निषेधित क्षेत्र प्रवेश गरी प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप भएको थियो। पर्सा मनियारी–२४ का धर्मराज सिंहको मृत्यु भएको छ। उनको टाउकोमा गोली लागेको थियो। यसैगरी बारा पर्सौनी–८ का दिनानाथ साहको मृत्यु भएको छ। आन्दोलनका क्रममा बारा, नाैतनका भोलप्रसाद साह र पर्सा नगवा चोकका सोहन साहको प्रहरीको गोली लागि मृत्यु भएको छ। टाउकोमा गोली लागेका सिंहको उपचारको लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो भने साहद्वयको उपचारको क्रममा पर्सा नेशनल मेडिकल कजेजमा मृत्यु भएको नेशनल मेडिकल कजेल आकस्मिक कक्षका डाक्टर राकेश यादवले बताए।

यसैगरी प्रहरीको गोली लागि दिपेश पटेल, संदिप पटेल, नारायण क्षेत्रीय अस्पतालका पिएन विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी, आएतबरिया देवी, अमिरीलाल पाल, संजकुमार साह, अजय साह, सिकेन्द्र हुसेन, विक्रम साह, वेदराज सिंह, सन्तलाल यादव, महेश पटेललगगायतका घाइते भएका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। आठ जना प्रदर्शनकारीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। बीरगंजको, नगवा श्रीपुर, मुरली बसपार्कलगायतका ठाउँमा अहिले पनि झडप जारी झडप जारी छ ।

यसैबीच बाराको कलैयामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । कलैया नागरपालिका–१० का हिफाजत मियाँको प्रहरीको गोलीबाट मृत्यु भएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा सरकारी कार्यालयमा तोडफोड गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनले उग्र रुप लिएपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास र रवरको गोली प्रहार गरेको थियो । प्रहरीको गोलीबाट अर्का आन्दोलनकारी मुकेस यादव घाइते भएका छन्। उनको कलैया अस्पतालमा उपचार भइरहेको छ।

बारा प्रहरी प्रमुख लोकेन्द्र मल्लले प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे। 'आन्दोलन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ,' मल्ललाई उदृत गर्दै  नागरिकन्युजले लेखेको छ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment