श्रीमतीको कुटी कुटी हत्या
मोरङमा श्रीमानको कुटाईबाट एक महिलाको ज्यान गएको छ । मोरङमा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी कोशी–हरैचा नगरपालिका–३ की ३० वर्षिया सुस्मिता परियारको उपचारको क्रममा ज्यान गएको छ । यही असार २३ गते श्रीमान यामबहादुर परियारले घरायसी विवाद पछि कुटपिट गर्दा श्रीमती सुस्मिताको मृत्यु भएको गरेको हो । कुटपिटमा संलग्न यामबहादुरलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकेको प्रहरीले जानकारी दिएको छ ।

0 comments :
Post a Comment