English Edition

पोखरामा आजबाट अन्तर लायन्स फुटवल सुरु

पोखरामा चौथो अन्तर लायन्स क्लब फुटबवल प्रतियोगिता एवं प्रथम अन्तर लायन्स भेट्रान्स लायन्स क्लब फुटबल प्रतियोगिता शुरु भएको छ । विहिवार विहानदेखि सुरु भएको प्रतियोगितामा ६ खेलहरु सम्पन्न भएका छन्  ।
विहिवार सम्पन्न पहिलो खेलमा लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले लायन्स क्लब अफ पोखरा डाउन टाउनलाई १—० अन्तरले पराजित गरेको छ ।
प्रतियोगिता अन्र्तगत अपहन्न सम्पन्न दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा पिस सोसाईटीले लायन्स क्लब अफ पोखरा स्टकलाई ४–१ को  गोलअन्तरले पराजीत ग¥यो  ।
यसैगरी यसबर्ष देखि आयोजकले अग्रज लायन्सहरुको भावनालाई कदर गर्दै आयोजना गरेको अन्तर भेट्रान्स लायन्स फुटवल प्रतियोगिताको पहिलो खेलमा लायन्स क्लब अफ पोखरा आँगनले फेवा लेक सिटीलाई ४—० गोलको बिशाल अन्तरले पराजित गरेको थियो भने अन्य ३ खेलमा लायन्स क्लब अफ पोखरा खेलमा उपस्थित हुन नसकेकोले सृजना चौतारीले वाकओवर पाएको छ । त्यसैगरी लायन्स क्लब अफ पोखरा लेकसिटीले फिस्टेललाई वाकओभर दिएको छ भने चौतारीले सेन्ट्रल भ्यालीलाई वाकओभर दिएको छ । सृजना चौतारी, फिस्टेल र सेन्ट्रल भ्याली अर्को चरणमा प्रवेश गरेका छन ।
त्यसअघि विहान अञ्चल शशस्त्र प्रहरी गुल्म स्थित खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक बलाराम शर्मा पौडेलले लायन्स क्लबहरु समाज सेवा र रचनात्मक कार्यमा लागीरहेको बताउदै समाज परिवर्तनका लागि अझै अगाडि बढ्नु पर्ने बताए ।
यसै गरि कार्यक्रमका बिशिष्ठ अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी१ नेपालका डिष्टिक गर्भनर धुर्व बहादुर थापाले लायन्स क्लबहरुबीचमा फुटवल प्रतियोगिता आयोजना हुनु लायन्स क्लबहरुकै लागि गौरबको विषय भएको बताउँदै धेरै चुनौती हुँदा हुँदैपनि लायन्स क्लब अफ पोखरा पिस सिटिले स्थापनाको छोटो अवधीमा नै रचनात्मक काम गर्नु प्रशंसनीय भएको वताए । यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलमा हारजित भन्दा पनि आपसि भाईचाराको रुपमा लिनु पर्ने बताए ।
क्लबका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना, कार्यक्रम संयोजक ख्याम नारायण काफ्ले, प्रथम उपाध्यक्ष जीवन ढुंगाना सचिव राजेन्द्र ढकालले बोल्नु भएको थियो ।
आगामी १७ गते सम्म हुने सो प्रतियोगितामा कुल ३० वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गर्देछन् । लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५, उपविजेता क्लवले १५ हजार ५ सय ५५ र भेट्रानतर्फ विजेता क्लवले १० हजार ५ सय ५५, उपविजेता क्लवले ५ हजार ५ सय ५५ रुपया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जनाएको छ ।
सुक्रवार बिहान ६.३० बजे संचालन हुने खेलमा भेट्रान तर्फ ४  र खुला तर्फ ८ खेल हुनेछन भने पहिलो खेल आयोजक पिस सिटी र हेल्पफुल हेण्ड बिच प्रतिस्पर्धा हुनेछ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment