काठमाडौँ : एमालेको तर्फबाट सुशील कोइराला नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री राधा ज्ञवाली बर्खास्त भएकी छिन् ।
बिहिबार मन्त्री राधा ज्ञवालीलाई प्रधानमन्त्री कोइरालाले बर्खास्त गरेका हुन् । उर्जामन्त्री ज्ञवालीमाथि विभिन्न हाईड्रोपावर निर्माणमा अनियमितता गरेको आरोप लागेको छ । सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री ज्ञवालीलाई कारवाही गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो ।
हाईड्रोपावर निर्माणको ठेक्का दिने क्रममा बढी रकम कबोल गर्नेलाई अनुमती दिएको भन्दै अख्तियारले मन्त्री ज्ञवालीलाई दोषी ठहर गरेको हो । ज्ञवाली सँगै आयोगले विद्युत प्राधिकरण लगायत सम्बन्धित निकायका उच्चअधिकारीलाई समेत कारबाही गर्न निर्देशन दिएको थियो ।
मंगलबार मात्र प्रधानन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहलाई ओलीले अस्वीकार गरेपछि कोइरालाले बिहिबार ज्ञवालीलाई बर्खास्त गरेका हुन् ।
त्यस्तै, खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बिहिबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । पौडेलले राजीनामा बुझाएपछि प्रधानमन्त्री कोइरालाले ज्ञवालीलाई बर्खास्त गरेका हुन् । खेलकुद परिषद्का सदस्यसचिव नियुक्तिको बिषयमा अख्तियारले छानविन अघि बढाए पछि खेलकुद मन्त्री पौडेलले बिहिबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
अख्तियारले कारवाही गरेका केशव विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाएको भन्दै अख्तियारले प्रधानमन्त्री समक्ष खेलकुद मन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment