अमेरिका : अमेरिकाको हरेक वर्षा खुल्दै आएको अमेरिकी डिभी चिठ्ठा यो बर्ष २०१७ को लागि असोज १४ गते बिहीबारदेखि खुला भएको छ ।
डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ ।
आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुनेसमेत उल्लेख छ ।
अमेरिकी वेवसाइट डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जीओभीमा गएर भर्न सकिने समेत उल्लेख गरेको छ । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ ।
चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।
डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।’तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैनु, दूताबासले भनेको छ, ‘तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्।’
अन्य कुरामध्ये आवेदकले निश्चित शैक्षिक र कार्य अनुभवसम्बन्धी आवश्यकताहरू पूरा गर्दछन् भन्ने कुरा देखाउनु पर्दछ। शैक्षिक योग्यतामा सामान्यता १०+२ को पढाइ पूरा गरेको हुनु पर्दछ।
डीभी चिठ्ठालाई अमेरिकामा गएर बसोबास गर्ने सजिलो माध्यम मानिदै आएको छ |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment