धेरैको अनुमान विपरित प्रधानमन्त्री सुशील कोइराला नै पुन: प्रधानमन्त्रीको उमेद्वार हुने भएका छन् | उनको नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट कोइरालालाई उम्मेद्वार छानेको बुझिएको छ। कांग्रेसका तीन शीर्ष नेताबीच शुक्रबार भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको कांग्रेसले जनाएको छ।
प्रधानमन्त्रीको उम्मेद्वारी चयनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको बैठक बसेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच प्रधानमन्त्रीमा सुशील कोइरालालाई नै उम्मेद्वार बनाउने निर्णय भएको हो। पौडेल र देउवाका बीचमा कुरा नमिलेपछि कोइरालालाई शेरबहादुर देउवाले समर्थन गरेको कांग्रेससुत्र बताउछ।
नयाँ प्रधानमन्त्रीका लागि संसदमा शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ। साथै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका निम्ति संसद्मा आइतबार ११ बजे निर्वाचन हुँदैछ।
निर्वाचन कार्यक्रमअनुसार शनिबार साढे ४ बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गर्ने र आइतबार बिहान ११ बजेको बैठकमा ती प्रस्ताव निर्णयार्थ पेस हुनेछ। राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दिइएको समय सकिएपछि शुक्रबार राष्ट्रपति रामवरण यादवले संविधानको धारा २९८ (३) अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका–संसद्लाई आह्वान गरेका हुन्।
उता एमालेले भने ओलीलाई प्रधानमन्त्रीका लागि अगाडी सार्दै छ | संबिधान लेखिनु अगाडी नै तिन दलले ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने सहमति भएको चर्चा भएको थियो | एमाले सुत्रका अनुसार ओलीलाई ३सय ३५ जनाको समर्थन जुटिसकेको छ |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment