यस पटकको दशैंमा म्याग्दी समाज अमेरिकाले नेपाली पन्चे बाजा सहित रमाइलो गर्ने भएको छ |
नेपालबाट ल्याएको नौमती बाजाहरुको पूजा गर्ने कार्यक्रम पनि रहेको समाजका अध्यक्ष रामप्रकाश भण्डारीले द नेपाल टुडेलाई बताउनु भयो |
"यसपालीको वडादशैँ २०७२ को शुभ उपलक्ष्यमा शुभकामना साँझ तथा यसै पटक नेपालबाट ल्याइएको नौमती बाजाको पूजा समेत सम्पन्न गर्ने कार्यक्रमको आयोजना गर्न लागेको सबैलाई जानकारी गराउन चाहन्छौं |" भण्डारीले भन्नुभयो |
उक्त कार्यक्रमको अवसरमा कलाकार सिर्जना थापा मगरको सुमधुर दोहरी गीत, नौमती बाजा (पन्चे बाजा) तथा स्थानीय कलाकारहरुको गीत तथा नाचहरु रहने छन् |
कार्यक्रमका उपस्थित भई रमाइलो गर्न र कार्यक्रम सफल बनाउनका लागि म्याग्दी समाज अमेरिकाले सम्पूर्ण मेरिल्याण्डबासी संग हार्दिक अनुरोध गरेको छ |
कार्यक्रमको बारेमा थप जानकारी यसप्रकार छ :

कार्यक्रम स्थल: माउन्ट एभरेष्ट रेस्टुरेन्ट
7927 Belair Rd, Nottingham, MD २१२३६
मिति: Sunday October 18 2015
समय: 7 PM - 1 AM
प्रबेश शुल्क: 25 डलर
म्याग्दी समाज अमेरिका

0 comments :
Post a Comment