विकास राज न्योपाने, विजयादशमी २०१५ को उपलक्ष्यमा अर्विङ भलिवल ग्रुपले दशैँकप भलिवल प्रतियोगिता गर्ने भएको छ । यही १८ तारेख आइतबार लिटल वियर पार्क यूलेशमा प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा समुह दर्ताको लागि ९० डलर तोकिएको छ । अक्टोबर १७, २०१५ सम्म आयोजकहरु भीम थापा, भुवन आले र जीवा वुढासँग सम्पर्क गरी समुह दर्ता गराईसक्न आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगितामा समुह दर्ताको लागि भीम थापाले हिमालय खवरलाई दिएको जानकारीअनुसार ६ ओटा टिमले सहभागिता स्वीकृत जनाएका छन् ।
विजयादशमीको अवसरमा खुसीयाली साटसाट गरी हर्षोल्लाससँग मनाउने हेतुले पहिलो पटक अर्विङ भलिवल ग्रुपले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक टीमले बताए ।
“दशैंको अवसरमा सबै साथीहरु भेला हुँदै मिलेर रमाईलो गरी दशैं मनाउने उद्देश्यले पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो” उनले भने, “यस्तो कार्यक्रमलाई अव निरन्तरता दिँदै जाने योजना छ ।”

0 comments :
Post a Comment