English Edition

दोहोरो चरित्र भट्टराईको



पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई यतिबेला के गर्दै छन् भन्ने कुरामा पुरै देश अन्योलमा परेको छ | संबिधान बन्नुमा आफ्नो महत्वपूर्ण योगदान रहेको उद्घोष गर्न पछाडी नपर्ने बाबुराम यहि संबिधानलाई कालो संबिधान भन्दै गरिएको  बिरोध कार्यक्रममा प्रमुख बक्ता भएर हिडेका छन् | उनि अहिले देश दौडाहामा छन् | पार्टी छाडेपछि उनि जिल्ला जिल्लामा पुगेका
हुन् |

शुरुमा उनि आफ्नो जिल्ला भ्रमणलाई पार्टी छाडेको जानकारी दिने भन्थे | बिस्तारै उनि संबिधानमा कमि कमजोरी रहेको र सच्याउनु पर्ने भन्थे | अब त् उनले यो संबिधान नै कालो संबिधान भन्न थालेका छन् | भट्टराई उपस्थित कैलालीको कार्यक्रमको ब्यानरमा लेखिएको छ, "तीन दलले ल्याएको कालो संबिधान मान्दैनौं, कैलाली, कंचनपुर सहित थरुहट/ थारुवान छाड्दैनौं !"

स्मरण रहोस, बाबुराम विवाद सुल्झाउने परिकल्पना सहित बनेको सम्बाद समितिका सभापति थिए | बाबुरामका लागि यस किसिमको आचरण सुहाउने विषय थिएन भनेर धेरै राजनीतिक विश्लेषकहरुले भन्दै आएका छन्।

आफ्ना नजिकका केहि हनुमानहरुलाई प्रचण्डको वरपर छाडेर तराईका जिल्लाका वस्तुस्थिति बुझ्न हिडेका बाबुराम अब जनयुद्धताका जस्तै क्रान्तिकारी भाषण गर्ने गरेको बुझिएको छ |

सबै जना शक्तिमा हुँदा बिना कुनै बिकल्प काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाउने बाबुराम अहिले गरिब, दुखिका पक्षमा छन् | बीसौं हजार नेपाली मारिएको जनयुद्धका परिकल्पनाकार भट्टराई शहिद र घाईतेहरुको वेवास्ता गर्दै पार्टी छाडेर जानुलाई माओबादीहरुले धोखाको संज्ञा दिईरहेका छन् |

आफै बोक्सी आफै धामी भन्ने नेपाली उखानको चरितार्थ गर्ने दोहोरो चरित्र भएका नेताका रुपमा आलोचना हुने गरेका भट्टराईको नयाँ शक्तिको आशा गर्दै एकथरी नेपाली अझै पनि बसेका छन् |



तस्बिरहरु भट्टराईको फेसबुकबाट साभार गरिएको हो |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment