ज्ञापनपत्र बुझाउनेमा नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरे, नेकपा (एमाले)का युवा नेता ठाकुर गैह्रे, रामकुमारी झाँक्री, एनेकपा माओवादीका युवा नेता देवेन्द्र पराजुली, राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी, नेकपा–माओवादीका नेता लेखनाथ न्यौपाने, नेकपा एकीकृतका नेता डाँचाराम वाग्लेलगायत छन्।
भेटेपछि प्रधानमन्त्री कोइरालाले राष्ट्रिय एकताको अभावले यस्तो समस्या उत्पन्न भएको बताए। उनले नाकाबन्दीको समस्या समाधान गर्न कूटनीतिक पहल भइरहेको स्पष्ट पारे। प्रधानमन्त्री कोइरालाले सबै देशसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्ने बताए। रासस

0 comments :
Post a Comment