English Edition

आइतवारदेखि विभिन्न नाकाहरुबाट मालवाहक गाडी नेपाल भित्रिन शुरु

भारतीय पक्षले ‘अघोषित नाकाबन्दी’ खुकुलो पारेपछि आइतवारदेखि विभिन्न नाकाहरुबाट कन्टेनर तथा मालबाहक ट्रक नेपाल भित्रिन थालेका छन् । सुरक्षा जाँचपासको नाममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मेचीपारीको पानीट्ंयाकीमा विगत ११ दिन देखी जबरजस्ती रोकेर राखेका कन्टेनर तथा ट्रक पूर्वी नाका काकंडभिट्टाबाट आइतबारदेखि नेपाल भित्रिन थालेका छन् । 
यस्तै पूर्वकै जोगबनी नाकाबाट पनि आइतवार साँझदेखि नै मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् ।आइतबार साँझसम्म मेची भन्सार नाकाबाट भारत तथा तेस्रो देशबाट आएका एउटा ग्याँसको ट्यांकर सहित ६२ वटा कन्टेनर तथा मालबाहक ट्रकहरु नेपाल भित्रिएका छन् । शनिबार साँझदेखि नै नाकामा एसएसबीले खुकुलो गरेपछि शनिवार राति नै ६९ वटा ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका थिए । भन्सार कार्यालयका अनुसार ग्यास, क्लिङकर, जिप्सम, कपडा, इलेक्ट्रिक सामानलगायत अन्य सामान बोकेका कन्टेनर भित्रिएका हुन् । पेट्रोल भर्न गएका २० ट्याङकर भने तेल भर्ने प्रक्रियामा भारतीय आयल निगमको सिलिगुडी डिपोमा अड्किएर बसेका छन् । नाकाबन्दी खुलेपछि पानीट्यांकीमा अलपत्र कन्टेनरहरु क्रमशः भित्रिरहेको भन्सार प्रमुख भीम अधिकारीले बताउनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment