काठमाडौँ / नयाँ प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओलीको नाम संसद सचिवालयमा दर्ता भएको छ ।
शनिबार दिउँसो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा समर्थक भएर प्रधानमन्त्री उम्मेदवारका लागि ओलीको नाम दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसले ओलीलाई समर्थन नगरेपछि एमालेले एमाओवादी सहित साना २५ दलको समर्थनमा प्रधानमन्त्रीको उम्मेदवारी संसद सचिवालयमा दर्ता गरेको हो ।
कांग्रेसले पार्टीबाट आफ्नै प्रधानमन्त्रीको नाम दर्ता गर्ने बताए पनि अझैसम्म दर्ता नगरेको संसद सचिवालयले जनाएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment