काठमाडौँ : प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसद बैठकमा सम्बोधन गर्दै घुमाउरो शब्दमा राजीनामाको घोषणा गरेका छन् ।
शुक्रबार संविधान निर्माणपछि राष्ट्रपतिको आव्हानमा बसेको पहिलो संसद अधिवेशनमा कोइरालाले पहिलो पटक सम्बोधन गर्दै भने, ‘संविधानसभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पुर्याउने दायित्व बोकेर मैले प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेको थिए तथा संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिवद्धता समेत प्रकट गरेको थिए । संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सम्माननीय राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसदको यो बैठक पछि
जानेछु ।’
संसद बैठकमा कोइरालाले सम्बोधन गरेपछि वनमन्त्री महेश आचार्यले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका छन् ।
संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस सबै भन्दा ठूलो दल बनेपछि २०७० साल माघ २७ गते नेपालको प्रधानमन्त्री नियुक्त भएका सुशील कोइरालाले शुक्रबार पदबाट राजिनामा दिएका हुन् । कोइराला दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा व्यवस्थापिका संसदबाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरेर प्रधानमन्त्री बनेका थिए । कोइराला सदनमा सहभागी ५ सय ६३ मध्ये ४ सय ५ मत ल्याएर प्रधानमन्त्री बनेका थिए । उनको विपक्षमा १४८ मत परेको थियो । दुई तिहाई भन्दा बढी मत प्राप्त गरेर प्रधानमन्त्री बनेका कोइरालाले शुक्रबार राजिनामा दिएका हुन् ।
संविधानसभा–२०७२ व्यवस्थापिका संसद्मा रुपान्तरित भएपछिको पहिलो अधिवेशनको दोस्रो बैठकलाई सम्वोधन गर्दै कोइरालाले राजिनमा दिएका हुन् । संसद अधिवेशन प्रारम्भ भएको सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था भएकाले त्यसको सहज कार्यान्वयनका लागि पनि उनले शुक्रबार दिएका हुन् । शुक्रबार प्रधानमन्त्रीले सदनलाई सम्बोधन गरी राजीनामा दिए लगत्तै राष्ट्रपतिले सात दिनभित्र सहमतिको सरकार गठनको आह्वान गर्नेछन् ।
संविधानमा उल्लेख भए अनुसार सात दिनमा सहमतिको सरकार गठन हुने छ । त्यो हुन नसके बहुमतीय प्रक्रियामा अघि बढ्ने
छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment