काठमाडौँ : राष्ट्रपति डा. रामवरण यादवले सात दिनभित्र सहमतीय सरकार गठन गर्न आहृवान गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार साँझ राष्ट्रपतिलाई भेटेर नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु गर्न आग्रह गरेपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा २९८को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न यादवले आग्रह गरेका छन् । संविधान अनुसार राष्ट्रपति डा. यादवले प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न आह्वान गरेका हुन् ।
‘नेपालको संविधान २०७२’मा सात दिनभित्र राजनीतिक सहमतिको आधारमा सरकार गठन गर्ने र सहमति नभए बहुमतीय प्रक्रिया सुरु गर्ने व्यवस्था छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment