बारा र पर्सामा कालोबजारी
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले पेट्रोलियम पदार्थ भित्रिन नसकेपछि सरकारले कोटा प्रणलीमा पेट्रोलियम पदार्थहरु वितरण गरिने जनाएपनि बारा र पर्सामा त्यस्तो देखिएको छैन । कोटा प्रणलीमा तेल दिने भनिएपनि बारा र पर्साका पेट्रोल पम्पका सञ्चालकहरुले ताल्चा लगाएका छन । दिनभरी ताल्चा लगाएका पेट्रोल पम्पका सञ्चालकहरुले राती १० बजे तिर खोलेर ग्यालेनमा तेल विक्री गर्ने गरेका छन । स्थानीय प्रशासनको फितलो अनुगमनका कारण पेट्रोलपम्पहरुले निर्वाध रुपमा कालोबजारी गरेका हुन् ।

0 comments :
Post a Comment