English Edition

राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका

राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा आज सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिए ।

समाजका प्रतिष्ठित व्यक्तित्व, महिला, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवम् जङ्गी सेवाका बहालवाला तथा पूर्वकर्मचारीलगायत सयौँ नेपाली नागरिकलाई राष्ट्रपतिले टीका लगाइदिएर राष्ट्र र देशवासीको सुख, समृद्धि र शान्तिको कामना गरे ।

राष्ट्रपति कार्यालयले विजयादशमीका दिन आज इच्छुक सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका लगाउनका लागि अपराह्न १:३० बजेदेखि साँझ ५ बजेसम्म शीतल निवासको ढोका खुला गरेको थियो । रासस

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment