विश्वमा महिला राष्ट्रपतिहरुको नालीबेली
अन्ततः नेकपा एमालेकी उपाध्यक्ष बिद्यादेवी भण्डारीले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिको रुपमा आफ्नो नाम दर्ता गराउनुभएको छ । नेपाली राजनीतिका लागि यो नितान्त नौलो परिघटना भए पनि बिश्वका धेरै देशहरुमा महिला नेतृहरुले देशको नेतृत्व गरिरहेका छन् । बिश्व इतिहास हेर्ने हो भने बिभिन्न देशमा बिभिन्न पटक गरेर ३६ जना महिलाहरु राष्ट्रपति बनिसकेका छन् । अहिले पनि नेपाल बाहेक २२ मुलुकहरु महिला प्रमुखहरुले हाँकीरहेका छन् । यसअघि बिभिन्न २६ मुलुकमा महिला नेतृहरुले राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिसकेका छन् । ती मध्ये २३ जना निर्बाचित र ८ जना महिलाहरु मनोनित राष्ट्रपति बनेर उनीहरु देशको सवैभन्दा माथिल्लो तहमा पुगेका हुन् । त्यसैगरि केही देशहरुमा बिभिन्न ५ पटक उत्तराधिकारीको रुपमा तत्कालीन राष्ट्रपतिका श्रीमती र छोरीहरु राष्ट्रपति बनेको इतिहास रहेको छ । बिश्वकै पहिलो महिला राष्ट्रपति अर्जेन्टिनाकी आइसावेल पेरोन हुन् । आफ्ना पति राष्ट्रपति जुवान पेरानको कार्यकाल अवधिमा नै निधन भएपछि उनले सन् १९७४ को जुलाइ महिना देखि १९७६ को मार्चसम्म राष्ट्रपतिको रुपमा सेवा गर्ने अवसर पाएकी थिइन् । यद्यपि, विश्वको पहिलो निर्वाचित महिला राष्ट्रपति बन्ने मौका भने आइसल्याण्डकी भिग्दिश फिनबोगस्टिरले पाइन् । उनले सन् १८९० देखि १९९६ सम्म आइसल्याण्डको राष्ट्रपति रहेकी थिइन् । हालसम्म सबैभन्दा धेरै पटक महिला राष्ट्रपति हुने देश स्वीटजरल्याण्ड हो । जनुवरी १, १९९९ मा रुथ ड्रेइफस् त्यहाँ पहिलो पटक महिला राष्ट्रपति बनेकी थिइन् । त्यसपछि, सन् २००७, २०१०, २०११ र २०१२ मा पनि महिला राष्ट्रपतिहरुले १–१ वर्षे कार्यकाल पूरा गरेका छन् ।
0 comments :
Post a Comment