English Edition

काँग्रेसलाई पनि विश्वासमा लिएर मुलुकमा देखिएको समस्या अन्त्य गर्ने उल्लेख

राष्ट्रपति निर्वाचनपछि पनि सहमतिको राजनीति जारी रहने दृढता विभिन्न दलका नेताहरुले व्यक्त गरेका छन् । कसैको विजय र पराजय भन्दा पनि मुलुकमा देखिएको समस्या समाधानका लागि दलहरुबीचको एकता आवश्यक रहेको नेताहरुको भनाई छ । नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई दलका नेताहरुले बधाइ समेत दिनुभएको छ । राष्ट्रपति निर्वाचनपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सहमतिय राजनीति नै आवश्यक रहेकाले सबै शक्ति मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो । महिला, दलित र उत्पीडितहरुलाई नयाँ संविधानले अधिकार दिएको भन्दै उहाँले सबै क्षेत्र र वर्गले यही संविधानले न्याय गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । त्यस्तै प्रमुखप्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति सशुील कोइरालाले पनि सहमतिय यात्रालाई निरन्तरत दिएर मुलुकमा विद्यमान समस्या समाधान गर्न काँग्रेस लागिपर्ने बताउनुभयो । बाइट ः 
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले अन्तिम समयसम्म पनि सहमतिका लागि प्रयास गरेपनि सफल हुन नसकेको भन्दै काँग्रेसलाई समेत विश्वासमा लिएर मुलुकमा देखिएको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment